मगर संघद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु

 

म्याग्दी १० असोज । नेपाल मगर संघ म्याग्दीले जिल्लाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण सुरु गरेको छ । संघको केन्द्रिय समितिको आह्वान, अन्र्तराष्ट्रिय महासंघको समन्वयमा नेपाल मगरसंघ बेलायत, हङकङ र म्याग्दी शाखाद्धारा संकलित राहतलाई वितरण गर्न सुरु गरिएको हो

शनिवार अन्नपूर्ण गाउँपालिकाका बाढीपहिरो पीडितहरुलाई मगर संघ म्याग्दीले विभिन्न क्षेत्रबाट संकलित राहत वितरण गरेको छ । गत असारदेखि यता अन्नपुर्ण गाउँपालिकामा बाढीपहिरोबाट ज्यान गुमाएका १ जना र बेपत्ता एक जनाको परिवारलाई रु ५ हजारको दरले नगद सहयोग गरिएको छ भने पूर्ण रुपमा घर क्षति भएका २४ घरधुरी प्रत्येकलाई रु ३ हजार बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सहयोग गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ गुइँठेमा आयोजित कार्यक्रममा मगर संघ म्याग्दीका अध्यक्ष डकमायाँ पाईजाले गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र वडा अध्यक्ष नरसिंबहादुर पुर्जा मार्फत पीडितहरुलाई राहत वितरण गर्नुभएको थियो । जिल्लामा आइपरेको प्राकृतिक विपत्तिबाट पीडित भएकाहरुलाई राहत पुगोस भन्ने उदेश्यले बेलायत र हङकङ मगरसंघ मार्फत प्राप्त सहयोग संगै जिल्ला शाखाको अगुवाईमा जिल्लामा समेत थप सहयोग संकलन गरेर वितरण गर्न सुरु गरिएको अध्यक्ष पाईजाले बताउनुभयो ।

उहाँले मगर संघको नेतृत्वमा राहत संकलन गरिएको भएपनि गाउँपालिकाले उपलब्ध गराएको विवरणको आधारमा सबै बर्ग क्षेत्र, समुदायका पीडितलाई समान रुपमा राहत वितरण गरिएको जानकारी दिनुभयो । राहत वितरण गर्दै मगर संघ म्याग्दीका सल्लाहकार समेत रहनुभएका गाउँपालिका अध्यक्ष गर्वुजाले प्राकृतिक विपत्तिको समयमा प्राप्त सहयोगले पीडितहरुलाई राहत मिल्ने विश्वास व्यक्त गर्दै सहयोगदाताहरुलाई आभार प्रकट गर्नुभएको थियो ।

राहत वितरणमा मगर संघ म्याग्दीका सचिबालय सदस्य हिरा पुन, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदी लगायतको सहभागीता रहेको थियो भने संघका जिल्ला सचिब खम थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संघले विभिन्न माध्ययमबाट संकलन गरेको रु ५ लाख राहत रकममध्ये शनिवार अन्नपूर्णका पीडितहरुलाई रु ८२ हजार बराबरको राहत सहयोग गरेको जनाएको छ । जिल्लाको मालिका, धवलागिरि, मंगला र रघुगंगा गाउँपालिकामा समेत बाढीपहिरोबाट पीडित भएकाहरुलाई छिट्टै राहत वितरण गर्ने तयारी गरिएको संघका सचिब मगरले जानकारी दिनुभयो ।

मगर सघं रोल्पाद्धारा पहिरोमा परि २ सन्तान गुमाएका परिवारलाई सहयोग रकम हस्तान्तरण

मालश्री अनलाइन, असोज   नेपाल मगर सघं रोल्पाले पहिरो पिडित तथा २ सन्तान गुमाएका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । यहि भदौ २७ गते रोल्पाको लुङग्री गाउँपालिका वडा नं. १ ऐपेमा गोठ माथिबाट पहिरो आउदा दुई २ सन्तान गुमाएका नन्नकली घर्तिको परिवारलाई विहिबार सहयोग रकम हस्तान्तरण गरिएको हो ।

नेपाल मगर सघं रोल्पाका अध्यक्ष कुम वहादुर पुनको अगुवाइमा नेपाल मगर सघं केन्द्रिय समितिको आहवहान र अन्तराष्ट्रिय मगर महासघंको वेलायत समन्वयमा रकम संकलन गरि पठाएको रकम मध्य २० हजार रुपैया विहिबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको मगर सघं रोल्पाका अध्यक्ष कुम वहादुर पुनले जानकारी दिनुभयो ।

लुग्री गाउँपालीका अध्यक्ष दुर्गा वहादुर खड्काको रोहवरमा पिडित घर्तिको घरमै पुगी नेपाल मगर सघं रोल्पाका अध्यक्ष कुम बहादुर पुन, नेपाल मगर सघंका केन्द्रिय सल्हाकार तथा नेपाली काग्रेसका निःवतर्माण पार्टि सभापती एवं समाज सेवि कृष्ण वहादुर घर्तिमगर, नेपाल मगर सघंका केन्द्रिय सल्हाकार नौलसीङ पुन लगाएतले उक्त रकम हस्तान्तरण गुर्न भएको हो ।

मगर संघ,बेलायतद्धारा पर्वत म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडितलाई साढे लाख सहयोग

म्याग्दी । मगर संघ ,बेलायतले पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ ,केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा पर्वतका बाढी पीडितलाई पठाइएको ६५ हजार रुपैयाँँ सहयोग रकम वितरण गरिएको छ । मगर संघ ,बेलायतले आठ जिल्लाका बाढी पहिरो पीडितका लागि सात लाख ५५ हजार रुपैयाँ राहत सहयोग नेपाल पठाएको थियो ।

अविरल बर्षातका कारण पर्वतका विभिन्न ठाउँमा गएको पहिरोको कारण विस्थापित १० परिवारलाई बेलायतबाट ६५ हजार र जलजला गाउँपालिकाका उपाध्यक्ष एवम् नेपाल मगर संघकी केन्द्रीय सदस्य सिमा गर्बुजा पुनको अगुवाईमा संकलित ३५ हजार थप गरेर प्रति परिवार दश हजार रुपैयाँका दरले एक लाख रुपैयाँ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष तथा केन्द्रीय सदस्य गर्बुजा पुनले बताउनुभयो ।

गर्बुजा पुनको पहलमा नेपाल मगर संघ ,पर्वतका उपाध्यक्ष युवराज पुन , ममगर संघ जिल्ला सदस्य तथा जिल्ला समन्वय समिति,पर्वतकी उपप्रमुख यामकुमारी राना मगर , नेपाल राष्ट्रिय मगर संघ ४ प्रदेश सदस्य तथा जलजला गाउँपालिका वडा नम्बर १ का सदस्य युवराज अर्मजा र नेपाल तरुणदल जलजला गाउँपालिका अध्यक्ष प्रकाश पुन मगरले सहयोग गर्नुभएको थियो ।

राहत सहयोग पाउनेमा जलजला गाउँपालिका– १का रेमबहादुर रोका मगर , कुश्मा नगरपालिका–३ का ओम बहादुर थापा मगर , मोदी गाउँपालिका –३ की डल्लु पुन मगर, मोदी गाउँपालिका –३ का ओमप्रसाद पुन मगर , मोदी गाउँपालिका –३ का नवराज पुन मगर , पैयँु गाउँपलिका –३ का कुल बहादुर राना मगर ,पैयँु गाउँपालिका– ६ की कमलादेवी राना मगर ,पैयुँ गाउँपालिका– ४ प्रेम बहादुर थापा मगर ,पैयुँ गाउँपालिका– २ धन बहादुर थापा मगर र विहादी गाउँपालिका– ५ मनु थापा मगर रहेका छन् । बाढी पहिरोका कारण पीडित परिवार विस्थापित भएका छन् ।

पीडित परिवारलाई गाउँपालिका उपाध्यक्ष तथा मगर संघकी केन्द्रीय सदस्य गर्बुजा पुनले नेपाल मगर संघ,पर्वका अध्यक्ष धनबहादुर थापा मगर ,सचिव दुर्गा बहादुर थापा मगर र सदस्य लाल पुर्जा मगर, ममगर संघ जिल्ला सदस्य तथा जिल्ला समन्वय समिति,पर्वतकी उपप्रमुख यामकुमारी राना मगर, नेपाल राष्ट्रिय मगर संघ ४ प्रदेश सदस्य तथा जलजला गाउँपालिका वडा नम्बर १ का सदस्य युवराज अर्मजा र नेपाल तरुणदल जलजला गाउँपालिका अध्यक्ष प्रकाश पुन मगर लगायतको उपस्थितीमा सहयोग वितरण गर्नुभएको हो ।

यसैगरी सोही मगर संघ, बेलायतले म्याग्दीका बाढी पीडित परिवारका लागि दुई लाख २५ हजार ,रोल्पाका लागि ९० हजार ,गुल्मीका लागि ५० हजार ,कास्कीका लागि ४० हजार ,बागलुङका लागि दुई लाख ,स्याङजाका लागि ४५ हजार र तनहुँका लागि ३५ हजार रुपैयाँ गरी सात लाख ५५ हजार रुपैयाँ सहयोग गरेको हो ।

 

लण्डन ।बेलायत स्थित नेपालीहरुको  प्रमुख संस्थाहरुमध्ये कै मगर संघ युकेले नेपालमा यस बर्ष आएको बाढी-पहिरो प्रभावित भएका मगर परिवारहरुलाई आर्थिक सहयोग गरेको छ ।

मगर संघ केन्द्रिय कार्यसमितिको आह्वानमा अन्तराष्ट्रिय मगर सँघको समन्वयमा ८ ठाँउमा गरी ७ लाख ५५ हजार आर्थिक सहयोग गरिएको संघका महासचिब रुद्र थापा मगरले जानकारी दिए । 

बुधबार सेप्टेम्बर १६ तारिकका दिन मगर संघ नेपाल र मगर संघ युकेका लिन्क मेन मेजर कृष्ण कुमार आले मगरले नेपाल मगर संघका अध्यक्ष नबिन रोका मगर लाइ हस्तान्तरण गरेका हुन।

संघले म्याग्दीका बाढी पहिरो पीडितलाइ २ लाख २५ हजार सहयोग गरेको छ भने बाग्लुङ्गमा २ लाख, रोल्पामा १ लाख,पर्वतमा ७० हजार, गुल्मीमा ५० हजार,स्याङ्जामा ४० हजार, कास्कीमा ३५ हजार र तनहुँका बाढीपहिरो पीडितलाइ ३० हजार रुपैया सहयोग गरिएको  संघका केन्द्रिय अध्यक्ष नविन रोकाले बताए ।

मगर संघले विशेष गरी मगर समुदायमा परेका विभिन्न समस्याहरु समाधानको निम्ती हातमा हात मिलाउँदै आएको छ। 

यस अघि पनि मगर संघ युके युथका अध्यक्ष किशोर राना मगरको विशेष अगुवाइमा अर्थ संकलन गरि नेपालका महामारी प्रभावित मगर परिवार र युकेमा अध्ययनरत मगर विद्यार्थीहरुलाइ सहयोग गरिएको थियो ।

त्यतिमात्र नभएर  भिसि कुल बहादुर थापाको सालीक बनाउने अभियानमा पनि यस संघले सहयोग गरेको छ ।

संघले चालेको कदमहरुमा सक्रिय रुपमा साथ दिएकोमा मगर संघ यूकेका अध्यक्ष शुनिल राना मगरले सबै सहयोगीलाई आभारका शब्दहरु ब्यक्त गरे ।

त्यतिमात्र नभएर मगर समुदायको हक र अधिकारको उत्थानको निम्ती हरपल हाम्रो यात्रा जारी रहनेछ”।उनले भने”

संघले युके मात्र नभएर विश्वरभर छरिएर रहेका मगर समुदायलाइ एकताको शुत्रमा बाध्ने अभियान रहेको समेत अध्यक्ष शुनिल रानाले लन्डन नेपाल न्यूज लाई  बताए ।

लण्डन । मगर संघ रेडिङ शाखाको अध्यक्षमा सोब रेगामी निर्वाचित भएका छन् ।

जुममार्फत शनिबार सम्पन्न अधिवेसनले सर्वसम्मत रुपमा रेगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा श्रीमती चन्द्र पुन, सचिवमा तुल पुन, कोषाध्यक्षमा चेत रेगामी, सहसचिवमा गोविन्द अर्मजा र सहकोषाध्यक्षमा प्रकाश गलामी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा तेज राना, घनश्याम पुन, हेम थापा, नविन थापा, श्रीमती दीपा आले, श्रीमती गीता पुन, हिमकुमारी रास्कोटी, नितु राना, राइता पुन र बट्टु थापा चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई मगर संघ युकेका अध्यक्ष सुनिल राना र महासचिव रुद्र थापाले बधाई दिएका छन् भने रेडिङ शाखाका निवर्तमान अध्यक्ष टीकाजी रानालाई सफलतापूर्वक नेतृत्व हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

गत आइतबार मगर संघ युके अन्तर्गत गठन भएको उपसमिति “मगर मास्टर डिग्री तथा बिध्याबारिधि” बैठक तथा टेलिकन्फिरेन्स आधुनिक प्रबिधि जुममार्फत सम्पन्न भएको छ | कोबिड १९ को कारणले गर्दा जुम्द्वारा टेलिकन्फिरेन्स तथा बैठक बसेको हो | बैठक बस्नुको मुख्य उद्धेश्य मगर मास्टर डिग्री तथा बिध्याबारिधिको लागि स्थापना भएको अक्षयकोषलाई ब्याबस्थित गरेर कसरी सु-ब्यबस्थित तरिकाले संचालन गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको थियो | मगर मास्टर डिग्री तथा बिध्याबारीधि अक्षयकोषको धनराशी नेपाली रुपिया एक करोडको रहेको छ | उक्त एक करोडको अक्षयकोषबाट बर्षेनी आउने ब्याजबाट नेपालमा मास्टर डिग्री तथा बिध्याबारीधि गर्दै गरेका गरिब तथा जेहेन्दार मगर बिध्यार्थिहरुलाई प्रोत्साहन स्वरुप छात्रवृति प्रदान गर्ने लक्ष लिनुको साथै मगर संघ युकेले गत बर्षदेखि उक्त छात्रवृति वितरण कार्यक्रम संचालन पनि गरिसकेको छ |

बैठकमा मगर संघ युकेका कोषाध्यक्ष होम रोकाले गत बर्षको नोभेम्बरमा आयोजित च्यारिटी कार्यक्रमको आर्थिक प्रतिबेदन प्रष्तुत गर्नुको साथै मगर संघ युकेले सन २०१५ नोभेम्बर देखि एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष लिएको भएतापनि सन २०१९ नोभेम्बरको च्यारिटी कार्यक्रममा उक्त लक्षले पूर्णता पाएको अबगत गराएका थिए | त्यस्तै गरेर अगर संघ युकेका सल्लाहकार तथा मगर मास्टर डिग्री तथा बिध्याबारीधि नेपाल च्याप्टरका संयोजक मेजर कृष्ण कुमार आले बिइएमले नेपालमा रहेको मगर मास्टर डिग्री तथा बिध्याबारिधिको बैंक खातामा रहेको बचत खाता र चल्ती खाताको आर्थिक प्रतिबेदन पेश गर्नुको साथै बचत खातामा रहेको रकम सन २०२० नौं जुलाईमा म्याचुएर हुने अबगत गराएका थिए |

मगर संघ युकेका अध्यक्ष ले. सुनिल रानाले मगर मास्टर डिग्री तथा बिध्याबारिधि अक्षयकोषको लक्ष पुरा गराउनमा सहयोग गर्ने मगर संघ युकेका निबर्तमान अध्यक्षहरु, संरक्षकहरु, सल्लहाकारहरु, कार्यसमितिहरु, शाखा समितिका अध्यक्षहरु तथा कार्यसमितिहरु लगायत सम्पूर्ण चन्दा दाताहरुलाई धन्यवाद दिनुको साथै उक्त अक्षयकोषलाई तथा अक्षयकोषबाट आउने रकमलाई ब्याबस्थित र प्रभावकारी बनाउन सके मगरहरुको हित परिणाममुखी भूमिका खेल्ने बताएका थिए | उनले मास्टर डिग्री तथा बिध्याबारिधि गर्दै गरेका मगर बिद्यार्थीहरुलाई हौसला दिदै राज्यको हरेक निकायमा उपस्थित गराउन सके मात्र मगरहरुको केहि लक्ष पुरा हुने तर्क पेश गरेका थिए | उनले यो संस्था मगर संघ युकेको नाममा नेपाल सरकारमा दर्ता भएको र संस्थाको नाममा बैंक खाता खोलिसकेको लगायत मास्टर डिग्री अध्यायन गर्दै गरेका अमृता सरु, मेनुका राना र अनिल थापालाई छात्रवृति पनि प्रदान गरिसकेको भनेर अबगत गराएका थिए | मगर संघ युके केन्ट शाखाका अध्यक्ष तथा बिधान समितिका अध्यक्ष क्याप्टेन राम पुनले मगर मास्टर डिग्री तथा बिध्याबारिधिको अक्षयकोषलाई  संचालन गर्ने निर्देशिका मगर संघ युकेको विधानको अनुसूचिमा संलग्न गराइएको अबगत गराउनको साथै मगर मास्टर डिग्री तथा बिध्याबारिधिका उपसमिति नेपाल च्याप्टर सकृय रहेको खुलासा गर्दै युके च्याप्टर पनि सकृय  रहन सुझाब दिएका  थिए |

बैठकमा उपस्थित सदस्यहरुले मगर मास्टर डिग्री तथा बिध्याबारिधि छात्रवृति वितरणको बारेमा आ-आफ्नो मनशाय तथा धारणा  ब्याक्त गर्नुको साथै ब्यापक छलफल भएको छ | छात्रवृति वितरण छलफलको क्रममा क्याप्टेन राम पुनले मगर संघ युके र मगर मास्टर डिग्री तथा बिध्याबारिधि निर्देशिका अनुरुप जान पर्छ भन्ने धारणा राखेका थिए भने अध्यक्ष ले. सुनिल रानाले आ-आफ्नो धारणा राख्नु तथा यस बिषयमा ब्यापक छलफल गर्नु सकरात्मक पक्ष भएपनि केहि समयसम्म बिधान र निर्देशिका अनुरुप जान पर्नेमा जोड दिएका थिए | बैठकमा केहि सदस्यहरुको जिज्ञासाको उत्तर दिदै मगर मास्टर डिग्री तथा बिध्याबारिधिका अधिवक्ता चेत आलेले दर्ता प्रक्रिया, नबिकरण प्रक्रिया, लेखा परिक्षणको बारेमा प्रष्ट पारेका थिए |

ले. सुनिल रानाको अध्यक्षमा संचालन भएको बैठकलाई संस्थाका महासचिब रुद्र थापाले संचालन तथा स्वागत मन्तब्य दिएका थिए भने बैठकमा मगर संघ युकेका निबर्तमान अध्यक्षहरु, ट्रष्टीहरु, उपाध्यक्षहरु, लगायत  मगर मास्टर डिग्री तथा बिध्याबारिधिका युके तथा नेपाल च्याप्टरका सदस्यहरु उपस्थित थिए |

 

 

 

 

http://everesttimes.net/archives/16391

 

लण्डन । मगर संघ युकेले कोरोना भाइरसका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई सहयोग गर्न तीन चरणको कार्यक्रम बनाएको छ ।
संघका अध्यक्ष सुनिल रानाले पहिलो चरणमा युकेमा तत्काल सहायता चाहिएका सदस्यहरुलाई आर्थिक तथा स्वयंसेवक पठाइ सहयोग गरिँदै आएको जानकारी दिए । बेलायतमा अध्ययन तथा परीक्षाका लागि आई रोकिएकालाई आर्थिक सहयोग र परामर्श दिइएको, किनमेल गर्न नसक्ने वा किनमेल गरिएको सामान ढुवानी गर्न समस्या भएकाहरुलाई भौतिक सहयोग गरिएको उनले बताएका छन् । यस्तै, नेपालमा बन्दाबन्दीका कारण खानै नपाउने अवस्था नहोस् भनेर तत्काल १ लाख रुपियाँ सहयोग गरिएको उनले थपे ।
दोस्रो चरणमा लकडाउन सकिएपछि पनि आफ्ना सदस्यहरुलाई आइपरेका समस्याहरुमा सहयोग जारी राखिने उनले प्रष्ट पारे । तेस्रो चरणमा संघले भविष्यमा आउनसक्ने यस्ता महामारीमा तत्काल सहयोग गर्न आपतकालिन कोष खडा गर्ने योजना उनले सुनाए ।
संघले स्वयंसेवकहरुलाई क्षेत्रगतरुपमा संयोजन गर्न केन्द्रीय मगर युवा संघ युकेमार्फत ८ जना युवालाई तोकेको छ । संघका अध्यक्ष किशोर राना, यमुना आले, दीपक थापा माइथाने, दिनेश रोका, गुमानसिंह थापा, विकास राना, नूतन श्रीश र यादव गाहा मगरलाई संघले सम्पर्क व्यक्ति तोकेको छ ।
उनीहरुलाई स्वयंसेवक पठाएर वा चन्दा दिएर सहयोग गर्न संघले संघका १२ वटा शाखाहरुलाई अनुरोध गरेको छ ।

सम्पर्क व्यक्तिहरु

किशोर राना संयोजक 074 1192 9705

यमुना आले 077 8347 9466

दीपक थापा माइथाने 074 1177 4082

दिनेश रोका 074 1139 6773

गुमानसिंह थापा 075 7631 9646

विकास राना 075 7612 2431

नूतन श्रीश 078 8188 8235

यादव गाहा मगर 075 4378 9733

 

लण्डन । गतवर्ष यतिबेला बेलायतमा हरेक सप्ताहन्तमा नेपाली संघसंस्थाको कार्यक्रम तीव्र हुन्थ्यो । कसैको बैठक, कसैको साधारणसभा, कसैको ग्रीष्मकालिन भेटघाट । तर केही महिनाअघि संसारमा भित्रिएको कोरोना भाइरसले यी दिनचर्यालाई छोडेर ज्यान बचाउनु नै मुख्य कार्य बनाइदियो । भाइरसले बदलिदिएको समाजको स्वरुपसँगै अब फेरि नेपाली समाज पनि बदलिँदै आफ्ना क्रियाकलाप अगाडि बढाउँदै छन् ।
यसैक्रममा युकेका ठूला संस्थाहरुमध्ये एक मगर संघ युकेले अनलाइनमै आफ्नो एक महत्वपूर्ण वार्षिक कार्यक्रम साधारणसभा सम्पन्न गरेको छ । गत आइतबार जुमबाट गरिएको सो साधारणसभामा विगतमा भन्दा धेरै सहभागिता रहेको अध्यक्ष सुनिल रानामगर बताउँछन् ।

अनलाइन साधारणसभामा केन्टदेखि क्याट्रिकसम्मका १२ वटा शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु, संरक्षक, सल्लाहकारहरु गरी ८० जनाको सहभागिता थियो ।
अध्यक्ष राना आफूले कार्यकालको शुरुवातबाटै प्रविधिको प्रयोग गरी भेट भएरै गरिने बैठकहरु घटाउन खोजेको बताउँछन् । “धेरैवटा विकल्पहरु परीक्षण गरियो तर भनेजस्तो भएन । तर अहिले कोरोनाको महामारीका कारण अरु उपाय नै रहेन” रानाले भने ।
कोरोनाको महामारीपछि युकेमा धेरै संघसंस्थाले पूर्वनिर्धारित कार्यक्रम स्थगन गरेका छन् । तर मगर संघ युकेले भने पूर्वघोषित साधारणसभाको मिति परिवर्तन गर्न वा स्थगन गर्न चाहेन । अध्यक्ष राना भन्छन्, “कोरोनाले प्रभाव पारेको छ । यो केही महिनामै सकिने होइन । त्यसैले हामी पनि परिवरिर्तत सन्दर्भअनुसार अघि बढ्दै जानुपर्छ भनेर स्थगन गर्न चाहेनौँ ।”
जुमबाट गरिएको साधारण सभा केही लामो भए पनि पहिले पहिले गरिने साधारणसभामा हरेक सहभागीको यात्राका लागि लाग्ने समय जोड्दा समयको वचत नै भएको देखिन्छ । त्यसका साथै कतिपयले साधारणसभामा माग लिँदै घरको काम पनि भ्याए । अध्यक्ष राना भन्छन्, “जुमका कारण कतिपय यसअघि कहिल्यै संघका कार्यक्रममा नआउनेहरु पनि आउनुभयो । नेपालबाट पनि सहभागी हुनुभयो ।”
अनलाइनबाट साधारणसभा चलाउन पहिलेका साधारणसभाभन्दा सजिलो भएको अध्यक्ष रानाले बताए । “पहिले पहिलेको साधारणसभामा छलफल चलाउन निक्कै गाह्रो हुन्थ्यो । एकै जना मात्र बोलिरहने पनि हुन्थ्यो तर अनलाइनबाट साधारण सभा गर्दा होस्टको नियन्त्रणमा कसलाई बोल्न दिने कसलाई नदिने सुविधा भएकाले त्यस्तो समस्या भएन” उनले भने ।
सबै अनुभव सकारात्मक मात्र छैनन् । नकारात्मक पनि छन् । प्राविधिक ज्ञान कमी भएका कारण प्राय वयोवृद्ध सल्लाहकारहरु साधारणसभामा सहभागी हुन पाएनन् । “हामीले साधारणसभा अघि कसैलाई प्राविधिक सहयोग चाहिन्छ भने हामी सहयोग गर्न तयार छौँ पनि भनेका थियौँ” अध्यक्ष रानाले भने । यसबाहेक वक्ताको भावभंगी, हाउभाउ देख्न नपाएको राना बताउँछन् ।
“कसैले मैले बोल्न पाइनँ भन्ने ठाउँ रहेन”, उनले भने । “समग्रमा सकारात्मक प्रभाव परेको छ । जेजस्तो अवस्थामा पनि जीवन र संस्था चलाउँदै जानुपर्छ भन्ने सबैलाई सन्देश गएको छ”, उनले थपे ।
संघले एक वर्षका लागि जुमको सेवा खरिद गरी आफ्ना शाखाहरुलाई पनि साधारणसभा, बैठक जस्ता सांगठानिक क्रियाकलाप नरोक्न अनुरोध गरेको छ ।
अध्यक्ष रानाको अध्यक्षता र महासचिव रुद्र थापाको सञ्चालनमा भएको साधारणसभामा वरिष्ठ उपाध्यक्ष सीता पुनले स्वागत मन्तब्य दिएकी थिइन् । साधारणसभामा महासचिव रुद्र थापाले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष होमबहादुर रोकाले आर्थिक प्रतिवेदन, क्याप्टेन रिटायर्ड बलराम घले, इन्द्र पुन र जगत थापाले गत कार्यकालको लेखापरीक्षण प्रतिवेदन, मेजर रिटायर्ड कुल थापाले गत वर्षको लेखापरीक्षण प्रतिवेदन पेश गरेका थिए । यस्तै संघका शाखाहरु र आवद्ध संस्थाहरुले पनि प्रतिवेदन पेश गरेका थिए । विधान संशोधन समितिका संयोजक क्याप्टेन रिटायर्ड रामबहादुर पुनले विधान संशोधनको मस्यौदा पेश गरेका थिए ।
साधारणसभामा प्लमस्टिड शाखाका अध्यक्ष दलप्रसाद थापा, केन्ट शाखाका अध्यक्ष क्याप्टेन रिटायर्ड रामबहादुर पुन, क्याट्रिक शाखाका अध्यक्ष क्याप्टेन रिटायर्ड भक्त थापा, वेल्स शाखाका अध्यक्ष महादेव थापा, युनाइटेड ह्याम्पसायर सरे बर्कसायर शाखाका अध्यक्ष श्रीमती हेमा राना, स्वीण्डन शाखाका अध्यक्ष कुमार राना, रेडिंग शाखाका अध्यक्ष टिकाजी राना, मिडल्याण्ड शाखाका सचिव चम्पा थापा लगायतले प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनका साथमा आफ्ना क्षेत्रमा कोरोनाले पारेको प्रभाव पनि बताएका थिए । यस्तै मगर महिला संघ युकेकी अध्यक्ष विष्णु श्रीश, मगर युवा संघका अध्यक्ष किशोर रानालगायतले पनि आफ्ना संस्थाको गतिविधि प्रस्तुत गरेका थिए । यस्तै, नेपालबाट क्याप्टेन रिटायर्ड कृष्णकुमार आलेले नेपालमा रहेको संघको विभिन्न कोषका बारेमा जानकारी गराएका थिए ।
साधारणसभाले संघको आगामी तीन वर्षका लागि लेफ्टिनेण्ट कर्णेल रिटायर्ड यामबहादुर राना, क्याप्टेन रिटायर्ड दुर्गा राम्जाली र जगत थापालाई संघको ट्रष्टीका रुपमा चयन गरेको छ । त्यस्तै संघको मुखपत्र ‘कानुङ लाङ्घा’ प्रकाशनको संयोजनको जिम्मा सदस्य निर्मला थापालाई दिएको छ ।

The unforeseen circumstances and recent turn of events have caused a global socio-economic disruption. The government and governing bodies all around the world are trying their best. Yet, there are still countless numbers of individuals and families who are severely affected with little to no help available.

Magar Yuwa Sangh has set up a Covid-19 Relief Project to help those who are going through difficult times due to the ongoing pandemic. Our volunteers are actively working towards helping needy people all around the UK and in Nepal. We want to reach out to as many as we can so the support can be given to those who are in desperate need of help.

To help us with this project, we request your kind help and support to help our fellow Nepali in need. Let’s all come together and fight this invisible enemy as one family.

We sincerely hope you support us in this noble cause by donating what you can to our Go Fund Me page below. Every penny will go a long way for those in need in these difficult times.

https://www.gofundme.com/f/covid19-emergency-funds-ukma?fbclid=IwAR3UxbnoHDtBmuJzR9dgOS03tZW95YflGF6h9VNgUWLYpHNsCZlxjMqKJjc

For more information on the ongoing Magar Yuwa Sangh Covid-19 Relief Project, please see link below.

काठमाडौँ । बैशाख २१

कोरोना लकडाउनका कारण आफ्नो रोजिरोटी गुमाएका ज्यालामजदूरी गरि खाने तर खाना नभएर अहिले अफ्थ्यारो स्थितिमा पुगेका मजदूर, ज्यामी, भरिया, सहित श्रमजिवीहरुलाई आज २०७७ बैशाख २१ गते लुभु ललितपुरमा नेपाल मगर सघ केन्द्रीय समितिले सहयोग हस्तान्तरण गरेको छ ।

बेलायत निवासी मगरहरु तथा मगर सघ बेलायत लगायतको सघ सस्थाहरु, केन्द्रीय सल्लाहकारहरु, बिभिन्न सहयोगी ब्यक्तिहरुको सहयोगमा आज सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण सघको केन्द्रीय अध्यक्ष नबीन रोकामगर, महासचिव ज्ञानेन्द्र पुनमगर, बिदेश सचिव रक्षा बहादुर रैकामगर, केन्द्रिय सल्लाहकार भोज बिक्रम बुढामगर, प्रदेश समितिको प्रथम उपाध्यक्ष कृष्ण रानामगर, युवा सघ केन्द्रीय कोषाध्यक्ष भुपेन्द्र बुढामगर, महिला सघ केन्द्रीय सदस्य दीपा थापामगर, सघको जिल्ला अध्यक्ष कृष्ण गोपाल रानामगर सहितका अभियानताहरुको सहभागिता रहेको हस्तान्तरण कार्यक्रम ६० भन्दा बढी खान नपाई अप्थ्यारोमा परेका मजदूर/ज्यामी, भरिया, असाहय बिद्यार्थीहरुलाई हस्तान्तरण गरिएको संघका महासचिब ज्ञानेन्द्र पुनमगरले जानकारी दिनु भएको छ ।