मगर संघ युके यूएचएसबी शाखाका महिला दिदीबहिनीहरुले पवित्र समाज सेवा नेपाललाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

गत महिना पवित्रा सेवाकी सञ्चालिका दीक्षा चापागाईंलाई पचास हजार एकसय रुपियाँ गोमा रानाले हस्तान्तरण गरेकी हुन् । सो रकम यूएचएसबी शाखाका महिलाहरुले लेडिज रमझम नाइट आयोजना गरेर संकलन गरेका थिए । कार्यक्रमको आय व्यय हिसाबकिताबको लागि पदमा थापाको अध्यक्षतामा बैठक बसेको थियो ।

त्यस दिनमा उपाध्यक्ष भिमा धेगा, सचिव धना रोक्का, कोषाध्यक्ष फूलमाया राना, यूएचएसबी शाखाकी उपाध्यक्ष हेमा राना, जमुना पुन, गोमा राना, फूलमाया थापा, पार्वती थापा, नानु राना, आशा थापा, विधा राना, चित्रा थापालगायत दिदीबहिनीहरुको सहभागिता थियो । दिदीबहिनीहरुले आगामी वर्ष पुरानो ओकफार्ममा कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेका छन् । हरेक वर्ष लेडिज नाइट कार्यक्रम गरेर संकलित रकम नेपाल र बेलायतमा पालैपालो सहयोग गरिँदै आएको संस्थाले जनाएको छ । यसअघि नेपालमा आमा घर (दिलशोभा), पश्चिमाञ्चल प्रसुति गृह, माइती  नेपाल (अनुरधा कोइराला), युकेको  फ्रेम्ली पार्क हस्पिटल ब्रेस्ट क्यान्सर रिसर्चलाई सहयोग हस्तान्तरण गरिसकेको छ । बेलायती र नेपाली दिदीबहिनीहरुबीच राम्रो मित्रता कायम राख्ने उद्देश्यले यूएचएसबी शाखाका महिला दिदीबहिनीले वर्षमा एकचोटी लेडिज रमझम नाइट कार्यक्रम गर्ने गरेको बताएका छन् ।