बेलायत । मगर संघ युकेले नेपालमा निर्माणाधीन ऐतिहासिक ‘काठमान्डू भ्यू टावर’ मा लगानी गर्ने भएको छ ।
मगर संघ हङकङले प्राप्त गरेको लगानी २ सय ५ सेयरमा बेलायतवासी मगरहरूले पनि सहभागिता जनाउने निर्णय गरेको मगर संघ युकेले जनाएको छ । नेपालमा संयुक्त लगानीका लागि भन्दै विश्व पर्यटन दिवसको अवसरमा गत २६ सेप्टेम्बरमा बेलायतस्थित मगर भवन फानबोरोमा जन्मभूमि नेपालमा कसरी संयुक्त लगानी गर्ने भन्ने विषयमा अन्तक्र्रिया र जानकारीसभा आयोजना गरिएको थियो । कार्यक्रममा मगर संघ युकेका कार्यसमिति पदाधिकारीहरू साथै सक्रिय लगानीकर्ता र चासो लिने व्यक्तिहरू सहभागी थिए ।

मगर संघ युकेका अध्यक्ष नेम थापाको संयोजकत्वमा भएको कार्यक्रमले मगर संयुक्त ईन्भेष्टमेन्ट ग्रुप युके (:क्ष्न्ग्प्) को स्थापनाका लागि बेलायतमा पनि तत्काल छलफलका साथै जानकारीसभा गर्ने निष्कर्ष निकालेको छ । अन्य देशका मगर संगठनहरूलाई पनि नेपालमा लगानीका लागि प्रोत्साहन गरिने छ ।

मगर संयुक्त ईन्भेष्टमेन्ट ग्रुप २०१४ सालमै मगर संघ युकेले स्थापना गरेको यिो । तर, नेपालको राजनीति अस्थिरतालाई देखाउँदै कुनै गतिविधि गरेको थिएन । अहिले नेपालमा स्थायी सरकार बनेको र समृद्ध नेपाल, नेपालको पानी जनताको लगानीजस्ता योजना अघि सारिएको अवस्थामा गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) ले पनि मुख्य नारा ‘संयुक्त लगानी गरौं देश समृद्धि बनाऊ’ भनिरहेको बेला मगर संघले पनि पहल तत्काल अघि सार्न लागेको सो संस्थाले जनाएको छ ।

अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष नेम थापा, मगर संघ हङकङका निवर्तमान महासचिव एवं एमआईएफ एचकेका सक्रिय सदस्य विक्रम थापा मगरले संस्थामार्फत हङकङमा गरिरहेको काम, लगानीको क्षेत्रबारे छोटो प्रिजेन्टेसन दिएका थिए । त्यस्तै विश्वका गैरआवासीय नेपाली संघ संयुक्त लगानी कम्पनी (आइडीया फर नेपालका अध्यक्ष एवं सीईओ (ऋचभबतयच ग्लष्खभचकब िअयmउबलथ) गोकर्ण श्रेष्ठबाट विश्वका नेपालीहरुले नेपाल र नेपाल बाहिर गरिरहेको लगानी, बिजÞनेस र पोटन्सियल प्रोजेक्टको विषयमा रोचक र आकर्षक प्रस्तुति दिए । उनले नेपालमा पनि लगानी गर्ने पोटेन्सियल प्रोजेक्ट र तत्काल फाइदा हुने खालका कामबारे जानकारी दिँदै मगर संघ हङकङले सहकार्य गरी सामूहिक लगानीमा सहकार्य भइसकेको उल्लेख गरे । उनले बेलायतका मगरहरूको चासोले एनआरएनएको सपनामा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।