लालबहादुर पुन

अगस्त १३, सोमबार बेलुकी मगर संघ युकेको आयोजनामा नेपाली मूलधारका कवि तथा गीतकार भावेश भुमरीलाई मगर भवनमा भव्य रूपले स्वागत, सम्मान र बिदाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली साहित्य, गीतसङ्गीत र पत्रकारिताका क्षेत्रमा निरन्तर रूपले कलम चलाउँदै आएका भुमरीको वास्तविक नाम भने जुद्धबहादुर पुनमगर हो । मगर संघ युकेको नेपाली ओपन कन्सर्टमा विशेष अतिथिका रूपमा मे हिनामा बेलायत आएका भुमरी विगत साढे दुई महिनादेखि बेलायतकै विभिन्न साहित्यक, साङ्गीतिक, सामाजिक र बौद्धिक कार्यक्रामहरूमा व्यस्त थिए ।

संस्थाका महासचिव लालबहादुर पुनले बेलुकी सात बजे औपचारिक कार्यक्रम सञ्चालनमा मगर संघ युकेका अध्यक्ष नेम थापा, एन आरएनए युकेका अध्यक्ष योगकुमार फगामी, प्रमुख अतिथि साहित्यकार भावेश भुमरी तथा उपस्थित सबैलाई परिचययात्मक कार्यक्रमबाट आआफ्नाडेक्समा औपचारिक आसनग्रहणपश्चात मगर संघ युकेका केन्द्रीय महिला उपाध्यक्ष अनिता रानाबाट औपचारिक स्वागत मन्तब्य सुरु गरी औपचारिक कार्यक्रम अगाडि बढेको थियो । संस्थाका केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय संरक्षक घन थापा, केन्द्रीय सल्लाहकार, मगर महिलासंघका अध्यक्ष छविमया पुन, UHSB शाखाका अधक्ष्य लेख रानालगायत सबैको उपस्थितबाट मगर भवनमा भावेश भुमरीको साहित्यिक लेखन र प्रकाशनको निरन्तताको कामना गर्दै सम्मान, स्वागत तथा बिदाई गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भमुरीले युकेमा बस्दै आएका मगर लेखक स्रष्टाहरूको सही पहिचान र प्रोत्साहनमा मगर संघ युकेले महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा राखेका थिए । भुमरीले मगर स्रष्टाहरू राष्टिय स्तरमा स्थापित हुने समय आइसकेकाले त्यसतर्फसर्जकहरूको ध्यान जानुपर्नेमा जोड दिएका थिए । युकेका विभिन्न कार्यक्रमहरूमा युकेमै रहेका कलाकार र गायकगायिकाहरूलाई मञ्च प्रदान गरे मात्र युकेका प्रतिभाहरूले प्रोत्साहन पाउने कुरामा पनि जोड दिएका थिए । विभन्न मनोरञ्जनात्मक कार्यक्रमहरूमा खर्च गर्नुको साटोबौद्धिक कार्यक्रमहरूबाट नयाँ पुस्तालाई ज्ञान दिलाउन सकेमा मात्रै पुर्ख्यौली संस्कृतिको जगेर्ना हुने कुरामा पनि भुमरीले जोड दिएका थिए । भुरमीले अाफ्ना एघाह्रवटा कृति संघका अध्यक्ष नेम थापालाई हस्तान्तरण गर्दै मगर संघको भवनसहित समुदायमा पुस्तकालय र अध्ययनकोमहत्वलाई पनि प्रकाश पारेका थिए । कार्यक्रमका अध्यक्ष नेम थापाले भुमरीजस्ता स्रष्टाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।युकेका हरेक मगर स्रष्टाहरूको सिर्जनाको कदर गर्ने कुरामा पनि मगर संघ युके सधेँ लागिपर्ने कुरामा जोड दिएकाथिए । सबै सर्जकहरूका सिर्जनालाई संघले सुरक्षित राख्ने पुस्तकालयको व्यवस्था संघकै कार्यालयमा गर्ने कुरामा पनि जोड दिएका थिए ।

कार्यक्रमको समापनपछि अल्डरसोटस्थित भेटघाट रेस्टुरेन्टमा खानपिनको कार्यक्रम गरिएको थियो । सर्जक भुमरीसहित उपस्थित व्यक्तिहरू राति ढिलो गरी आ-आफ्ना गन्तव्यस्थानमा पुगेका थिए ।