फार्नबोरो।

बेलायत भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई मगर संघ युकेले मगर भवन फार्नबोरोमा स्वागत तथा सम्मान गरेको छ।

गत शनिबार मगर संघ युकेका पदाधिकारीहरुले एक कार्यक्रमका बीच डा. पुनलाई स्वागत गरेका हुन्। नेपालको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै डा. पुनलाई मगर संघ युकेका अध्यक्ष नेम थापाले कदर पत्रसहित सम्मान गरेका थिए। सो अवसरमा डा. पुनले मगर संघ युकेले सञ्चालन गरिरहेको विभिन्न गतिविधिहरुको बारेमा जानकारी लिए। कार्यक्रममा मगर संघ युकेका पूर्वअध्यक्ष दुत पुन, मगर संघ युके युएचएसबी शाखाका अध्यक्ष लेख रानालगायत मगरहरुको उपस्थिति रहेको थियो ।