मगर संघद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु

 

म्याग्दी १० असोज । नेपाल मगर संघ म्याग्दीले जिल्लाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण सुरु गरेको छ । संघको केन्द्रिय समितिको आह्वान, अन्र्तराष्ट्रिय महासंघको समन्वयमा नेपाल मगरसंघ बेलायत, हङकङ र म्याग्दी शाखाद्धारा संकलित राहतलाई वितरण गर्न सुरु गरिएको हो

शनिवार अन्नपूर्ण गाउँपालिकाका बाढीपहिरो पीडितहरुलाई मगर संघ म्याग्दीले विभिन्न क्षेत्रबाट संकलित राहत वितरण गरेको छ । गत असारदेखि यता अन्नपुर्ण गाउँपालिकामा बाढीपहिरोबाट ज्यान गुमाएका १ जना र बेपत्ता एक जनाको परिवारलाई रु ५ हजारको दरले नगद सहयोग गरिएको छ भने पूर्ण रुपमा घर क्षति भएका २४ घरधुरी प्रत्येकलाई रु ३ हजार बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सहयोग गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ गुइँठेमा आयोजित कार्यक्रममा मगर संघ म्याग्दीका अध्यक्ष डकमायाँ पाईजाले गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र वडा अध्यक्ष नरसिंबहादुर पुर्जा मार्फत पीडितहरुलाई राहत वितरण गर्नुभएको थियो । जिल्लामा आइपरेको प्राकृतिक विपत्तिबाट पीडित भएकाहरुलाई राहत पुगोस भन्ने उदेश्यले बेलायत र हङकङ मगरसंघ मार्फत प्राप्त सहयोग संगै जिल्ला शाखाको अगुवाईमा जिल्लामा समेत थप सहयोग संकलन गरेर वितरण गर्न सुरु गरिएको अध्यक्ष पाईजाले बताउनुभयो ।

उहाँले मगर संघको नेतृत्वमा राहत संकलन गरिएको भएपनि गाउँपालिकाले उपलब्ध गराएको विवरणको आधारमा सबै बर्ग क्षेत्र, समुदायका पीडितलाई समान रुपमा राहत वितरण गरिएको जानकारी दिनुभयो । राहत वितरण गर्दै मगर संघ म्याग्दीका सल्लाहकार समेत रहनुभएका गाउँपालिका अध्यक्ष गर्वुजाले प्राकृतिक विपत्तिको समयमा प्राप्त सहयोगले पीडितहरुलाई राहत मिल्ने विश्वास व्यक्त गर्दै सहयोगदाताहरुलाई आभार प्रकट गर्नुभएको थियो ।

राहत वितरणमा मगर संघ म्याग्दीका सचिबालय सदस्य हिरा पुन, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदी लगायतको सहभागीता रहेको थियो भने संघका जिल्ला सचिब खम थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संघले विभिन्न माध्ययमबाट संकलन गरेको रु ५ लाख राहत रकममध्ये शनिवार अन्नपूर्णका पीडितहरुलाई रु ८२ हजार बराबरको राहत सहयोग गरेको जनाएको छ । जिल्लाको मालिका, धवलागिरि, मंगला र रघुगंगा गाउँपालिकामा समेत बाढीपहिरोबाट पीडित भएकाहरुलाई छिट्टै राहत वितरण गर्ने तयारी गरिएको संघका सचिब मगरले जानकारी दिनुभयो ।

मगर सघं रोल्पाद्धारा पहिरोमा परि २ सन्तान गुमाएका परिवारलाई सहयोग रकम हस्तान्तरण

मालश्री अनलाइन, असोज   नेपाल मगर सघं रोल्पाले पहिरो पिडित तथा २ सन्तान गुमाएका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । यहि भदौ २७ गते रोल्पाको लुङग्री गाउँपालिका वडा नं. १ ऐपेमा गोठ माथिबाट पहिरो आउदा दुई २ सन्तान गुमाएका नन्नकली घर्तिको परिवारलाई विहिबार सहयोग रकम हस्तान्तरण गरिएको हो ।

नेपाल मगर सघं रोल्पाका अध्यक्ष कुम वहादुर पुनको अगुवाइमा नेपाल मगर सघं केन्द्रिय समितिको आहवहान र अन्तराष्ट्रिय मगर महासघंको वेलायत समन्वयमा रकम संकलन गरि पठाएको रकम मध्य २० हजार रुपैया विहिबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको मगर सघं रोल्पाका अध्यक्ष कुम वहादुर पुनले जानकारी दिनुभयो ।

लुग्री गाउँपालीका अध्यक्ष दुर्गा वहादुर खड्काको रोहवरमा पिडित घर्तिको घरमै पुगी नेपाल मगर सघं रोल्पाका अध्यक्ष कुम बहादुर पुन, नेपाल मगर सघंका केन्द्रिय सल्हाकार तथा नेपाली काग्रेसका निःवतर्माण पार्टि सभापती एवं समाज सेवि कृष्ण वहादुर घर्तिमगर, नेपाल मगर सघंका केन्द्रिय सल्हाकार नौलसीङ पुन लगाएतले उक्त रकम हस्तान्तरण गुर्न भएको हो ।

मगर संघ,बेलायतद्धारा पर्वत म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडितलाई साढे लाख सहयोग

म्याग्दी । मगर संघ ,बेलायतले पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ ,केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा पर्वतका बाढी पीडितलाई पठाइएको ६५ हजार रुपैयाँँ सहयोग रकम वितरण गरिएको छ । मगर संघ ,बेलायतले आठ जिल्लाका बाढी पहिरो पीडितका लागि सात लाख ५५ हजार रुपैयाँ राहत सहयोग नेपाल पठाएको थियो ।

अविरल बर्षातका कारण पर्वतका विभिन्न ठाउँमा गएको पहिरोको कारण विस्थापित १० परिवारलाई बेलायतबाट ६५ हजार र जलजला गाउँपालिकाका उपाध्यक्ष एवम् नेपाल मगर संघकी केन्द्रीय सदस्य सिमा गर्बुजा पुनको अगुवाईमा संकलित ३५ हजार थप गरेर प्रति परिवार दश हजार रुपैयाँका दरले एक लाख रुपैयाँ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष तथा केन्द्रीय सदस्य गर्बुजा पुनले बताउनुभयो ।

गर्बुजा पुनको पहलमा नेपाल मगर संघ ,पर्वतका उपाध्यक्ष युवराज पुन , ममगर संघ जिल्ला सदस्य तथा जिल्ला समन्वय समिति,पर्वतकी उपप्रमुख यामकुमारी राना मगर , नेपाल राष्ट्रिय मगर संघ ४ प्रदेश सदस्य तथा जलजला गाउँपालिका वडा नम्बर १ का सदस्य युवराज अर्मजा र नेपाल तरुणदल जलजला गाउँपालिका अध्यक्ष प्रकाश पुन मगरले सहयोग गर्नुभएको थियो ।

राहत सहयोग पाउनेमा जलजला गाउँपालिका– १का रेमबहादुर रोका मगर , कुश्मा नगरपालिका–३ का ओम बहादुर थापा मगर , मोदी गाउँपालिका –३ की डल्लु पुन मगर, मोदी गाउँपालिका –३ का ओमप्रसाद पुन मगर , मोदी गाउँपालिका –३ का नवराज पुन मगर , पैयँु गाउँपलिका –३ का कुल बहादुर राना मगर ,पैयँु गाउँपालिका– ६ की कमलादेवी राना मगर ,पैयुँ गाउँपालिका– ४ प्रेम बहादुर थापा मगर ,पैयुँ गाउँपालिका– २ धन बहादुर थापा मगर र विहादी गाउँपालिका– ५ मनु थापा मगर रहेका छन् । बाढी पहिरोका कारण पीडित परिवार विस्थापित भएका छन् ।

पीडित परिवारलाई गाउँपालिका उपाध्यक्ष तथा मगर संघकी केन्द्रीय सदस्य गर्बुजा पुनले नेपाल मगर संघ,पर्वका अध्यक्ष धनबहादुर थापा मगर ,सचिव दुर्गा बहादुर थापा मगर र सदस्य लाल पुर्जा मगर, ममगर संघ जिल्ला सदस्य तथा जिल्ला समन्वय समिति,पर्वतकी उपप्रमुख यामकुमारी राना मगर, नेपाल राष्ट्रिय मगर संघ ४ प्रदेश सदस्य तथा जलजला गाउँपालिका वडा नम्बर १ का सदस्य युवराज अर्मजा र नेपाल तरुणदल जलजला गाउँपालिका अध्यक्ष प्रकाश पुन मगर लगायतको उपस्थितीमा सहयोग वितरण गर्नुभएको हो ।

यसैगरी सोही मगर संघ, बेलायतले म्याग्दीका बाढी पीडित परिवारका लागि दुई लाख २५ हजार ,रोल्पाका लागि ९० हजार ,गुल्मीका लागि ५० हजार ,कास्कीका लागि ४० हजार ,बागलुङका लागि दुई लाख ,स्याङजाका लागि ४५ हजार र तनहुँका लागि ३५ हजार रुपैयाँ गरी सात लाख ५५ हजार रुपैयाँ सहयोग गरेको हो ।