गत शनिबार ८ अप्रिलका दिन फानबोरोमा रहेको मगर भवनमा मगर संघ युकेले एक कार्यक्रमबीच सांसद घर्तीलाई स्वागत गरेको हो। भूतपूर्व ब्रिटिस गोर्खाहरुको आन्दोलनमा सहयोगका लागि सांसद घर्ती बेलायत आएकी हुन्। नेकपा माओवादी केन्द्रकी सांसद घर्ती लगायतको टोली बेलायत, नेपाल र गोर्खाहरुबीचको त्रिपक्षीय वार्तामा सहभागी हुने कार्यक्रम छ।

कार्यक्रममा उपस्थितहरुको कारण मगर भवन खचाखच भरिएको थियो । भवन भित्र र बाहिर उपस्थित महानुभावहरुको सहजताका लागि सांसद घर्तीको मन्तव्य कार्यक्रम मगर भवननजिकैको कोभ मेथोडिस्ट चर्चमा व्यवस्था मिलाइएको थियो।

मगर संघ युकेका अध्यक्ष नेम थापाको अक्षयतामा सम्पन्न भएको कार्यक्रम महासचिव लालबहादुर पुन र सहसचिव रुद्र थापाले संयुक्त रुपमा सञ्चालन गरेका थिए । कार्यक्रममा एभरेष्टटाइम्सडटनेटले प्रचारप्रसारमा सहयोग पुर्या‍एको थियो।