बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढी रहेको संस्था मगर संघ युकेले ऐतिहासिक फागुन १५ गते मगर एकता तथा स्थापना दिवस (३५ औ मगर दिवस) ११ मार्चको दिनमा रेडिंग रिभरमेड लेजर कमप्लेक्समा धुमधाम  सम्पन भएको छ। नेपाली आदिवासी जनजातिहरुमध्ये सबैभन्दा धेरै संख्यामा रहेका मगर जाति आफ्नै मौलिक संस्कार, धर्म, बहुसंस्कृति, बहुकला र बहुभाषा बोकेको जाति हो। ऐतिहासिक फागुन १५ गते मगर एकता दिवसको अवसरमा नेपालबाट बेलायतमा आएका मगरहरुको बहुसाँस्कृतिक र बहुकलाको प्रदर्शन हेर्नुको लागि बेलायतभरि छरिएर रहेका हजारभन्दा बढी मगरहरु भेला भएका थिय।

समारोहमा भाग लिनेहरुको यातायातको सुबिधाको लागि  बेलायतका विभिन्न शहरबाट कार्यक्रमस्थलसम्म आउनको लागि बसको ब्यबस्था गरिएको थियो।

कार्यक्रममा पूर्वी नेपालका मगरहरुको हुर्रा नाच, पाल्पा जिल्लामा नाचिने झ्याउरे नाच, तनहूँ जिल्लामा नाचिने कौडा नाच, लुम्बिनी र गण्डकी क्षेत्रमा नाचिने घाँटु, सालैजो,  सोरठी र ठाडो भाका, बाग्लुङ्ग क्षेत्र मा नाचिने नचरी, म्याग्दीमा नाचिने पुर्खेउली र नेपालको पश्चिम राप्ती अंचलतिर नाचिने भूमे नांच विभिन्न शाखाहरुले र  विभिन्न मगर समुदाय हरु ले  गरेका प्रस्तुति  संघका साँस्कृतिक सचिव तुल्चान्द्र तिलिजा पुन मगर ले संचालन गरेका थिय  भने Youth Got  Talent मिडिया सेक्रटरी दिप राना ले प्रस्तुत गरे।

नेपालको भौगोलिक बनावटको कारणले मगरहरुको बहुभेषभूषा र बहुभाषा रहेको छ।  मगर संघको मूल उद्देस्य मगरको पहिचान भाषा, धर्म, लिपि, भेषभूषा, चाडपर्व , संस्कार संस्कृतिको संरक्षण गर्नु भएकोले  मगर दिवसको अवसरमा मगरको भेषभूषा र मगर भाषाको जगेर्नाको लागि मगर भाषामा परिचय दिने कार्यक्रम र र भेषभूषाको जगेर्ना गर्नको लागि सानो प्रस्तुतीकरण संघकी सल्लाहाकार देवी आले र गो माया थापा  ले संचालन गरेका थिए।

मगरहरुले बेलायतमा पनि करिब ४० हजार आफ्नो जनसंख्या रहेको दाबी गर्ने गरेका छन्।

सो समारोहमा भाग लिन संघले बेलायतमा क्रियाशील सबै संघ संस्थाहरुलाई आमन्त्रण गरेका थियॉ भने नेपाली राजदुत महामहि ड़ा दुर्गा बहादुर सुबेदी प्रमुख अतिथि रहेको यस समाहोरो मा बिसिष्त अतिथि  बिस्व मगर संघ बेल्जिम का सहयोजक बिरमान घर्ति मगर र मगर सघ प्रोचुगल को सस्थापक अदक्ष्य रण बहादुर पुन मगर  हरु को पनि उपस्थिति रहेको मगर दिवस  केन्द्रिय मगर सघ का महिला उपा अदक्क्षय अनिता राना रहेको कार्यक्रममा सघ का महासचिब लालबहादुर पुन ले मगर दिवस का औपचारिक कार्यक्रम संचालन अति भब्य रहेको थियो।