मगर संघ यूकेले आचार्य निमसिङ्गे लामा राम्जाली मगरलाई स्वागत गरेको छ।

गत आइतबार फार्नबोरोस्थित मगर संघ यूकेको भवनमा उनलाई प्रमुख अतिथिको रूपमा स्वागत गरेको हो। कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापा लगायत अन्य शहीदहरुको सम्झनामा एक मिनेट मौनधारण गराइएको थियो।

कार्यक्रमको पहिलो चरणमा सरला राना आदिवासी जनजाति महिला संघ यूकेको सचिव पदमा निर्वाचित भएको र त्यस्तै, पार्वती थापा पनि सोही संस्थाको सदस्य पदमा निर्वाचित भएको साथै मगर महिला संघ यूकेको सचिव पदमा नियुक्ति भएकोमा राना र पार्वती थापालाई खदा लगाई बधाई दिइएको थियो। त्यस्तै, मगर संघ यूकेका अध्यक्ष नेम थापाले आचार्य निमसिङ्गे लामा राम्जाली मगरलाई मगर संघ यूकेको स्थापना, गतिविधि र भावी योजनाको बारेमा जानकारी दिएका थिए।

कार्यक्रमको दोस्रो चरणमा मगर संघ यूकेले आचार्य निमसिङ्गे लामा राम्जाली मगरलाई फार्नबोरो कम्युनिटी सेन्टरमा मगर भवनमा स्वागत गर्ने मौका नपाएका भक्तजनहरुलाई स्वागत गर्ने मौका प्रदान गरिएको थियो। आचार्य निमसिङ्गे लामा राम्जाली मगरले बुद्ध दर्शनसम्बन्धी छोटो प्रवचन र मगरहरुले बोलिने काइके भाषाको बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा मगर संघ यूकेका पूर्वअध्यक्ष, संरक्षक, सल्लाहकार, ट्रष्टी सदस्य, आजीवन सदस्य, कार्यसमितिका सदस्यहरु, शाखा समिति र भातृ संगठनका अध्यक्ष्य तथा प्रतिनिधि लगायत नेपालीहरुको उपस्थिति थियो।

मगर संघ यूकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न भएको पहिलो चरणको कार्यक्रम संस्थाका महासचिव लालबहादुर पुनले सञ्चालन गरेका थिए भने दोस्रो चरणको कार्यक्रम संस्थाका सहसचिव रुद्र थापाले सञ्चालन गरेका थिए।