Nem Thapa

Nem Thapa
अध्यक्षको मन्तब्य
 
                                                                                                                          करिब डेढ दशकअघि स्थापना भएको मगर संघ युके अहिले युकेको नेपाली समुदायभित्र एक सशक्त संस्थाको रुपमा परिचित भएको छ भने विश्वभरका मगर समुदायबीच पनि एक प्रमुख घटकका रुपमा स्थापित भइसकेको छ । अहिले युकेको नेपाली समुदाय र विश्वभरका मगरहरुले यसका गतिविधिलाई नजिकबाट नियाल्ने गर्छन् । यसले के गर्छ, कसो गर्छ सबैको चासो र सरोकार बन्न थालेको छ । अप्रिल २, २०१६ मा सम्पन्न संघको पाचौ राष्ट्रिय अधिवेसनले मेरो नेतृत्वमा नया कार्यसमिति चयन गरेपछि मैले समुदायका यी आशा, अपेक्षा र चासोलाई गम्भीरतापूर्वक लिएको छु । 
मगर संघ युके अहिले जुन मजबुत अवस्थामा छ त्यसो हुनुको श्रेय शाखाहरुलाई जान्छ । युकेका विभिन्न स्थानमा स्थापित ११ वटा शाखाको भरपर्दो साथ नमिल्दो हो त मगर संघ युके एउटा सशक्त संस्था हुन सक्दैनथ्यो । मगर संघ केन्द्रले घर खरिद गर्नु त टाढैको कुरा यहाका अन्य संस्थाले गन्ने स्थितिसम्म हुन्नथ्यो । त्यसैले मेरो योजना मगरहरुको बसोबास भएका तर अहिलेसम्म शाखा गठन नभएका स्थानहरुमा शाखा स्थापना गर्ने, पहिलेदेखि नै क्रियाशील रहेका शाखाहरुलाई दरिलो बनाउन सहयोग गर्ने रहेको छ । त्यस्तै, मगरहरुलाई मगर संघको आजिवन सदस्य बनाई संघमा आवद्ध गराउने कार्यलाई निरन्तरता दिइने छ । 
युकेमा मगर संघ र यसका शाखाहरु बाहेक पनि मगरको नाममा अन्य संस्थाहरु स्थापना भएका छन् । उनीहरुलाई मगर संघ युकेसित कसरी जोड्ने भन्ने बारेमा ती संस्थाका जिम्मेवार नेतृत्व र समाजका बुद्धिजिवीहरु समेत राखेर अन्तक्र्रिया र छलफल गरिने छ । 
मगरका कार्यक्रम, गतिविधिहरुमा युवाहरुलाई वेवास्ता गरिएको जस्तो देखिन्छ । जसका कारण हाम्रो भाषा, धर्म, परम्परा, सास्कृति, भेषभूषा उनीहरुमा हस्तान्तरण हुादै जानुपर्नेमा उनीहरुसित सम्पर्क टुटेको जस्तो आभाष हुन्छ । त्यसैले युवाहरुलाई मगर संघको मातहतमा सक्रिय बनाउन प्रयास गरिने छ । 
युकेमा प्राय सबै प्रबुद्ध संस्थाहरुले खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने गरेका छन् । खेलकुदका कारण ती संस्थाहरुको चिनारी हुने गरेको छ । तर मगर संघ युकेले लखन कप गरेपनि खासै खेलको माध्यमबाट परिचित भएको पाइदैन । त्यसैले यस विषयमा पनि गम्भीर रुपमा अध्ययन गर्ने सोच राखेको छु । यसबाहेक युकेमा रहेका मगरहरुलाई विभिन्न जिम्मेवारीहरुमा प्रोत्साहित गर्ने, सुखदु:ख, भरअभरमा साथ दिने त छादैछ । 
यसैगरी, मगर संघ युकेले विगतदेखि गर्दै आएको बुद्ध नेपाली ओपन कन्सर्ट, प्रथम शहीद लखन थापा मगर स्मृति दिवस, माघे संक्रान्ति, मगर दिवस जस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ भने मगर संघ युकेको भवनलाई व्यवस्थित तरिकाले मर्मतसम्भार, रेखदेख र व्यवस्थापन गरिने छ । यसअघिको कार्यसमितिले अघि सारेको मगर पीएचडी तथा मास्टर्स छात्रवृत्ति कोषलाई पूर्ण गराइने छ । 
यी त भए युकेका मगरहरुका कुरा । मगर संघ युकेले युकेका मगरहरुको मात्र कुरा उठाएर पुग्दैन । त्यसैले विश्वभरका मगरहरुको सरोकारका विषयमा पनि केही गर्नैपर्ने हुन्छ । नेपाल मगर संघ केन्द्रीय समितिसित निर्देशन र परामर्श लिादै मगर संघ युकेले नेपालमा जारी मगरात अभियानमा सक्दो सहयोग, ऐक्यवद्धता र सबै किसिमको सहयोग गरि नै रहनेछ । मगरहरु विभिन्न देशमा बसोबास गरिरहेका छन र त्यही ठाउामा मगर संघ स्थापना गरी संगठित भएका छन् । उनीहरुको बीचमा नेटवर्क बनाउन अत्यावश्यक रहेको यसअघि नै महसुस भएको थियो । त्यसैका फलस्वरुप मगर इन्टरन्याशनल फोरम पनि गठन भएको थियो । तर यसले गति लिन सकेन । त्यसैले अब त्यसको गम्भीर समीक्षा गर्दै मगरहरुको एउटा सशक्त विश्वव्यापी नेटवर्क बनाउन मगर संघ युकेले पहल गर्ने छ । सम्भव भएसम्म त्यस्तो एउटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना पनि मगर संघ युकेले गर्ने छ । 
मगरहरुको मिडियामा पहुाच कम रहेको सर्वविदितै छ । जसका कारण समुदायले धेरै नोक्सान सहनु परिरहेको छ । यसै आवश्यकतालाई सम्बोधन गर्न मगर संघ युकेले नेपालमा मगर पत्रकारहरुलाई संगठित गर्ने र मगरहरुको गतिविधिका बारेमा जानकारी दिलाउन मगर मिडिया संचालन गर्ने कार्यका लागि केही पहलकदमी गरेको थियो । सो अनुसार अहिले नेपाल मगर पत्रकार संघ केन्द्रीय समिति र विभिन्न जिल्लाहरुमा शाखा समिति गठन भइसकेको छ र मगर मिडिया डटकम पनि संचालनमा आएको छ । मगर मिडियालाई अझ बलियो र व्यापक बनाउन मगर संघ युकेले सहयोग गर्ने छ । 
विश्वभरमा रहेका मगरहरुसित समस्या मात्र होइन सामथ्र्य पनि छ । सीमित नै सही स्रोत पनि छ । ती सामथ्र्य, स्रोत र इच्छाशक्तिलाई सम्मिश्रण गरी ग्लोबल प्रोजेक्टहरु संचालन गर्ने बारेमा पनि मगर संघ युकेले सम्भाव्यता अध्ययन गर्ने छ । 
अन्त्यमा, मगर संघ युकेको वार्षिक प्रकाशन कानुङ लाङ्घा प्रकाशनका लागि सम्पादन समूह साथै सम्वद्ध सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यसमा विज्ञापन दिनुहुने सबै प्रतिष्ठान, संस्था, शाखाहरु र व्यक्तित्वहरुप्रति आभार व्यक्त गर्दछु । मगर संघ युकेलाई हौसला, सल्लाह, सुझाव, आलोचना, मार्गदर्शन गरिदिन हुन सबैमा खुला अनुरोध पनि गर्दछु । 
 
नेम थापामगर 
अध्यक्ष      
 

Upcomming Events

  • MAUK QUARTERLY MEETING 2017
    Quarterly meeting @ Magar Bhawan, Farnborough, UK
    on 17-12-2017
  • Maghe Sakranti Celebration
    Own Town by all Branch
    on 13-01-2018
  • Magar Diwas Meeting
    Magar Bhawan, Farnborough
    on 20-01-2018
  • Magar Diwas 2018
    Rivermead Leisure Complex , Richfield Avenue, Reading, RG1 8EQ
    on 24-02-2018

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions