• LATEST NEWS

    मगर संघ युकेद्वारा पत्रकारहरुलाई स्वागत

    मगर संघ युकेद्वारा पत्रकारहरुलाई स्वागत

    अल्डरसट । मगर संघ युकेले नेपालबाट आएका पत्रकारहरुलाई स्वागत गरेको छ । उनीहरुलाई गत आइतबार फार्नबोरोस्थित मगर भवनमा स्वागत गरेको हो ।

    एनआरएनए युकेको अध्यक्षमा मगर संघ युकेको बरिस्ठ उप अध्यक्ष्य  योग कुमार फगामी निर्वाचित

    एनआरएनए युकेको अध्यक्षमा मगर संघ युकेको बरिस्ठ उप अध्यक्ष्य योग कुमार फगामी निर्वाचित

    एनआरएनए युकेको अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको गत शनिबार सम्पन्न सातौं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् । उनी एक हजार २ सय ९८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रत्याशी कृष्णप्रसाद तिमिल्सिनाले ९ सय १२ मत ल्याएका थिए ।

    एनआरएनए युकेको चुनावलक्षित मंगर संघको रणनीति

    एनआरएनए युकेको चुनावलक्षित मंगर संघको रणनीति

    लन्डन । मगर भवन फानबोरोमा शनिबार मगर संघ बेलायतका सल्लाहकार कृष्णकुमार आले मगरलाई स्वागत तथा विभिन्न विषयमा छलफल सम्पन्न भएको छ ।

    मिडिया र संस्थाबीच आत्मीय सम्बन्ध हुनु जरुरी छ अध्यक्ष: नेम थापामगर, मगर संघ युके

    मिडिया र संस्थाबीच आत्मीय सम्बन्ध हुनु जरुरी छ अध्यक्ष: नेम थापामगर, मगर संघ युके

    संयुक्त अधिराज्य (युके)मा बसोबास गर्ने मगरहरूको छाता संगठन मगर संघ युकेले हरेक वर्ष चर्चित सांगीतिक कार्यक्रम गर्दै आएको छ । खासगरी, बुद्ध जयन्ती अर्थात् चण्डी पूर्णिमाको सन्दर्भ पारेर आयोजना हुने कार्यक्रमको नाम विगतमा ‘बुद्ध पूर्णिमा ओपन कन्सर्ट’ थियो । तर, यसपालीदेखि भने ‘नेपाली ओपन कन्सर्ट’का नाममा गत जुन ३ तारिखमा कार्यक्रम भव्य रुपमा सम्पन्न भइसकेको छ । मगर संघ युकेका अध्यक्ष नेम थापामगरसँग मगर समुदाय र मगर संघ युकेका गतिविधिका बारेमा पत्रकार रूद्र श्रीसमगरले गर्नुभएको कुराकानी:

    मगर संघ युकेद्वारा नेपाली ओपन कन्सर्टको समीक्षा, मृगौलापीडित लक्ष्मी रानामगरको उपचारमा सहयोग गर्ने निर्णय

    मगर संघ युकेद्वारा नेपाली ओपन कन्सर्टको समीक्षा, मृगौलापीडित लक्ष्मी रानामगरको उपचारमा सहयोग गर्ने निर्णय

    गत आइतबार ०२ जुलाईको दिन बेलायतको फानबोरोस्थित मगर संघ युकेको भवनमा गत ०३ जुनमा सम्पन्न नेपाली ओपन कन्सर्टको समीक्षात्मक बैठक सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा संस्थाका महासचिब लालबहादुर पुनले अध्यक्ष नेम थापाको अनुमति लिएर बैठकलाई अगाडि बढाएका थिए भने संस्थाको कोषाध्यक्ष नेत्र आलेले आय–व्ययको विवरण प्रस्तुत गरेका थिए ।

    मगर संघ युकेद्वारा कलाकारहरुको बिदाई

    मगर संघ युकेद्वारा कलाकारहरुको बिदाई

    एटा सम्वाददाता - अल्डरसट । मगर संघ युकेले नेपाली ओपनमा कन्सर्टमा आएका कलाकारहरुलाई एक कार्यक्रमबीच बिदाई गरेको छ । गत शनिबार अल्डरसटस्थित दि प्यालेस रेस्टुरेन्टमा नेपालबाट आएका चर्चित डान्सर टेरिया मगर, गायक गगन पुन, राजु ढकाल र जमुना रानालाई मगर संघ युकेका अध्यक्ष नेम थापा, वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक योगकुमार फगामी, उपाध्यक्ष अनिता राना, सीता पुन, महासचिव लालबहादुर पुन, कोषाध्यक्ष नेत्र आले, संघका पूर्वअध्यक्ष दुत पुन, संरक्षक घन थापा तथा कृष्ण थापा, नेपाल मगर संघ युरोप अमेरिकाका संयोजक शान्ति थापा, मगर महिला संघ युकेका अध्यक्ष छविमाया पुन, मगर संघ युके युएचएसबी शाखा अध्यक्ष लेख रानालगायत संघका सल्लाहकार र कार्यसमितिका पदाधिकारीहरुले खादा लगाई बिदाई गरेका थिए ।

    भव्य प्रस्तुतिबीच सकियो ओपन कन्सर्ट

    भव्य प्रस्तुतिबीच सकियो ओपन कन्सर्ट

    लिलामान शेरपुञ्जा - फार्नबोरो । मगर संघ युकेले गत शनिबार फार्नबोरो फुटबल मैदानमा आयोजना गरेको बृहत् ओपन कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । नेपाल बेलायतको सम्बन्ध स्थापित भएको दुई सय वर्षको अवसरमा नेपाली दूतावासमा सप्ताहव्यापी कार्यक्रम गरी, नेपालको पर्यटन व्यवसायमा प्रत्यक्ष सहयोग पु¥याएका बेलायतका लागि नेपाली राजदूत महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदी, मगर संघ युकेका अध्यक्ष नेम थापा मगर, राजनीतिज्ञ लियो दोस्त्री, काउन्सिलर मेयर सोफिया चौधरी, धन थापा र हरि बुढाद्वारा दीप प्रज्वलित गरी उद्घाटन गरिएको कन्सर्टमा बेलायतभरिका करिब चार हजार दर्शक उपस्थित थिए ।

     मगर संघ यूएचएसबीका दिदीबहिनीद्वारा पवित्रा सेवालाई ५० हजार सहयोग

    मगर संघ यूएचएसबीका दिदीबहिनीद्वारा पवित्रा सेवालाई ५० हजार सहयोग

    मगर संघ युके यूएचएसबी शाखाका महिला दिदीबहिनीहरुले पवित्र समाज सेवा नेपाललाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

    मगर संघ युकेको वार्षिक बैठक सम्पन्न

    मगर संघ युकेको वार्षिक बैठक सम्पन्न

    गत अप्रिल ८ तारिखमा फानबोरोस्थित कोभ मेथोडिस्ट चर्चमा बसेको बैठकमा वार्षिक समीक्षा र आगामी योजनाको विषयमा छलफल भएको मगर संघ युकेले जानकारी दिएको छ ।

    बेलायत भ्रमणमा रहेकी सांसद केशरी घर्ती मगरलाई स्वागत

    बेलायत भ्रमणमा रहेकी सांसद केशरी घर्ती मगरलाई स्वागत

    गत शनिबार ८ अप्रिलका दिन फानबोरोमा रहेको मगर भवनमा मगर संघ युकेले एक कार्यक्रमबीच सांसद घर्तीलाई स्वागत गरेको हो ।

    बेलायतमा ३५ औ मगर दिवस भब्य रुपमा सम्पन्न

    बेलायतमा ३५ औ मगर दिवस भब्य रुपमा सम्पन्न

    लालबहादुर पुन लण्डन । बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढी रहेको संस्था मगर संघ युकेले ऐतिहासिक फागुन १५ गते मगर एकता तथा स्थापना दिवस (३५ औ मगर दिवस) ११ मार्चको दिनमा रेडिंग रिभरमेड लेजर कमप्लेक्समा भब्य रुपमा सम्पन्न भएको छ l

    मगर संघ यूकेद्वारा आचार्य निमसिङ्गे लामा राम्जाली मगरको स्वागत

    मगर संघ यूकेद्वारा आचार्य निमसिङ्गे लामा राम्जाली मगरको स्वागत

    लाल पुन - फार्नबोरो । मगर संघ यूकेले आचार्य निमसिङ्गे लामा राम्जाली मगरलाई स्वागत गरेको छ । गत आइतबार फार्नबोरोस्थित मगर संघ यूकेको भवनमा उनलाई प्रमुख अतिथिको रूपमा स्वागत गरेको हो । कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापा लगायत अन्य शहीदहरुको सम्झनामा एक मिनेट मौनधारण गराइएको थियो ।

    मगर दिवस र ग्लोबल कन्फरेन्स सानदार पारिने

    मगर दिवस र ग्लोबल कन्फरेन्स सानदार पारिने

    लाल पुन - लन्डन । मगर संघ यूकेले आगामी मार्च ११ तारिखमा रेडिङमा आयोजना गर्ने मगर दिवस कार्यक्रमको तयारीबारे घनिभूत छलफल गरेको छ । गत शनिबार २१ जनवरीका दिन St Christopher's, 55 Cove Road, Cove Fanborough, GU14 0EX मा भएको बैठकमा कार्यक्रमका अतिथिको टुंगो लगाउँदै अन्य व्यवस्थापनको विषयमा निर्णय लिएको मगर संघ यूकेले जनाएको छ ।

    मगर संघ केन्ट शाखाको छैटौं अधिवेशन सम्पन्न

    मगर संघ केन्ट शाखाको छैटौं अधिवेशन सम्पन्न

    मनबहादुर थापा - फोक्स्टोन । शनिबार १० डिसेम्बर २०१६ का दिन मगर संघ यूके केन्ट शाखाको अधिवेशन सम्पन्न भएको छ ।पहिलो चरणमा निवर्तमान अध्यक्ष उत्तर मगर र महासचिव ईश्वर आलेले विगत दुई वर्षमा गरिएका क्रियाकलापको विवरण प्रस्तुत गरे । त्यसैगरी कोषाध्यक्ष नुन थापाले आर्थिक विवरण र अन्य विभाग सम्हालेका सदस्यहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै महिला समितिकी अध्यक्ष जानुका पुन र सचिव शारदा पुनद्वारा महिलाको प्रतिवेदन प्रस्तुत गरियो ।

    मगर संघ यूकेले च्यारिटी कार्यक्रम गर्दै

    मगर संघ यूकेले च्यारिटी कार्यक्रम गर्दै

    अल्डरसट । मगर संघ यूकेले आउँदो १७ डिसेम्बर शनिबारका दिन च्यारिटी कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।‘मगरहरु शिक्षित हुनु नै नेपालीहरु शिक्षित हुनु हो ।

Upcomming Events

  • Charity Dinner Night
    Empire , The Kings Centre,Aldershot
    on 27-10-2017
  • MAUK QUARTERLY MEETING 2017
    Quarterly meeting @ Magar Bhawan, Farnborough, UK
    on 17-12-2017
  • Maghe Sakranti Celebration
    Own Town by all Branch
    on 13-01-2018
  • Magar Diwas Meeting
    Magar Bhawan, Farnborough
    on 20-01-2018
  • Magar Diwas 2018
    Rivermead Leisure Complex , Richfield Avenue, Reading, RG1 8EQ
    on 24-02-2018

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions