मगर संघ युकेले मगर दिवस मनाउँदै

मगर संघ युकेले मगर दिवस मनाउँदै

लण्डन

लाल पुन -

फार्नबोरो । मगर संघ युकेले विविध कार्यक्रमका साथ मगर दिवस मनाउने भएको छ । 
गत शनिबार २० जनवरी २०१८ का दिन फार्नबोरोस्थित मगर भवनमा बसेको मगर संघ युकेको बैठकले सो निर्णय गरेको हो । मगर दिवसलाई भव्य रुपमा मनाउन संघकी उपाध्यक्ष अनिता रानाको प्रमुख संयोजकत्वमा उपसमिति गठन भएको छ । रेडिङ्गमा मनाउन लागेको दिवसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रमुख संयोजक रानाले विभिन्न उपसमितिका साथै संघका सबै इकाईहरुलाई आवश्यक तयारी गर्न अनुरोध गरिन् । बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिका धनी मगरहरुले सो दिवसमा मगरहरुको परम्परा, संस्कृति र भेषभूषा झल्किने सांस्कृतिक प्रस्तुति दिने भएको छ । सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित गर्नका लागि सांस्कृतिक सचिव तुलचन्द्र तिलिजालाई जिम्मेवारी प्रदान गरेको छ । 
कार्यक्रमको प्रमुख अतिथिका लागि बेलायतका लागि नेपाली राजदूतलाई र विशेष अतिथिका लागि नेपाल मगर संघका अध्यक्ष नविन रोकालाई निमन्त्रणा गर्ने निर्णय गरेको छ । त्यस्तै, कार्यक्रममा बेलायतस्थित जनजाति संघ संस्थाहरुका अध्यक्षहरुलाई समेत निम्तो दिने भएको छ । कार्यक्रममा विविध संस्कृति झल्काउने उद्देश्यअनुरुप हरेक शाखाले कम्तीमा १÷१ वटा नृत्य प्रस्तुत् गर्न प्रमुख संयोजक रानाले शाखाहरुलाई अनुरोध गरिकी छन् । 
गोल्ड, सिल्भर र ब्रन्च प्रायोजन गर्न चाहनेहरु व्यक्ति वा व्यापारी संस्थाहरुलाई क्रमशः २००, १०० र ५० पाउन्ड सहयोग रकम तोकिएको छ भने भीआईपी टिकटका लागि २५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ । कार्यक्रममा आउन सहज होस् भन्नाका लागि विभिन्न सहरबाट बसको व्यवस्थापन गरिने भएको छ । त्यस्तै, मञ्च डोकोरेशनलगायतको जिम्मा भने रेडिङ्ग शाखालाई दिइएको आयोजकले जनाएको छ । 
संघका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई महासचिव लाल पुनले सञ्चालन गरेका थिए ।

Upcomming Events

  • Magar Diwas 2018
    Rivermead Leisure Complex , Richfield Avenue, Reading, RG1 8EQ
    on 24-02-2018

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions