मगर संघ प्लमस्टेटले मनायो माघे संक्रान्ति

मगर संघ प्लमस्टेटले मनायो माघे संक्रान्ति

लण्डन

देवी आले -

प्लमस्टेट । साउथ इस्ट लन्डन मगर महिला प्लमस्टेट शाखाले माघे संक्रान्ति चाड धुमधामसँग मनाएको छ । 
गत २० जनवरीमा  लोटस क्लब विल्वीचमा विविध कार्यक्रमका साथ माघे संक्रान्ति मनाइएको हो । बिहान ११ बजे पदमबहादुर थापाद्वारा पितृ पूजा गरी कार्यक्रम आरम्भ गरिएको थियो । पूजामा साउथ इस्ट लन्डनवासी मगर दाजुभाइ, दिदीबहिनीहरु सहभागी भएका थिए । चाड, भाषा, संस्कार संस्कृतिलाई जोगाइ राख्न र भावी सन्ततीहरुलाई सिकाउन भन्दै साउथ इस्ट लन्डन मगर महिला संघ प्लमस्टेटले विगत ७ वर्षदेखि निरन्तर रुपमा सो पर्व मनाउँदै आइरहेको छ ।
माघे संक्रान्ति चाड परापूर्वकालदेखि नै मनाउने गरिए पनि २०६५ सालदेखि नेपाल सरकारले राष्ट्रिय पर्वको मान्यता दिएको थियो । मगरहरुको यस पर्वमा तरुल, बारा, सेलरोटी, खिचडी खानु विशेषता हो ।
पहिलो चरणको औपचारिक कार्यक्रम अध्यक्ष देउरुपी थापाको अध्यक्षतामा सम्पन्न भयो । मगर संघ प्लमस्टेट शाखाका अध्यक्ष एवं प्रमुख अतिथि केशबहादुर आले विशेष कारणले बाहिर निस्केकाले विशेष अतिथि देवी आलेसहित तीन जनाले सामूहिक रुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रम समुद्घाटन गरिएको थियो । अतिथिहरुमा नेपाल मगर संघ युकेका सदस्य सचिव धन बुढा, युके मगर महिला संघकी सल्लाहकार देवी आले, निवर्तमान अध्यक्ष देवीमाया पुन, निवर्तमान अध्यक्ष प्लमस्टेट शाखाका बिशन थापा, पूर्वअध्यक्ष धनबहादुर थापा प्लमस्टेट शाखाका अध्यक्ष केशबहादुर आले र संस्थापक सचिव दलप्रसाद थापा, डेबिड बल, उनकी आमा जुन बल र पत्रकार महा संघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगरको उपस्थिति रहेको थियो ।  
मन्तव्यको क्रममा पत्रकार महसघ युकेका अध्यक्ष नरेश खपाङ्गीले प्लमस्टेट शाखाका महिलाले आयोजना गरेको माघे संक्रान्ति कार्यक्रम भिन्न र महिलाको सक्रियता देख्दा अत्यन्त खुसी लागेको बताए ।      
निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार देवीमाया पुनले प्लमस्टेट शाखा र महिला संघ स्थापनाकालदेखि नै योगदान दिने अग्रजहरुलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा मद्दत गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् । उपाध्यक्ष लक्ष्मी थापाले स्वागत मन्तव्य राखेकी थिइन् । औपचारिक कार्यक्रम संस्थाकी सचिव दिलमाया थापाले अत्यन्त रोचक ढङ्गले सञ्चालन गरेकी थिइन् । अध्यक्ष देउरुपी थापाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन् । 
प्लमस्टेट शाखाका सांस्कृतिक सचिव जितपानी रानाले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा कलाकारहरु सरला रोका मगर, बिन्दिया पुन, समिरा रोका, रिहासा रोका, सुमन पुन, जीवन पुन, ट्रीजा थापा, आकृत राना, हाजेल पुन, बिना थापा र प्रतिमा रानाले आफ्नो भेषभूषामा सजिएर नित्य प्रस्तुत गरे । 
साउथ इस्ट लन्डन मगर युथहरुको म्युजिक साउन्ड सिस्टममा डिजेको काममा युथहरुले मद्दत दिएका थिए भने मगर संघले खानपिनको व्यवस्थापन गराएको थियो । मगर युथहरुले लक्की ड्र खेलाए । बिहान ११ बजे सुरु भएको पार्टी रातिको ११ बजे म्युजिक बन्द गराएका थिए ।

Upcomming Events

  • Magar Diwas 2018
    Rivermead Leisure Complex , Richfield Avenue, Reading, RG1 8EQ
    on 24-02-2018

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions