राष्ट्रिय आविष्कार केन्द्रको बारेमा अन्तरक्रिया कार्यक्रममा भाग लिन बिनम्र अनुरोध

राष्ट्रिय आविष्कार केन्द्रको बारेमा अन्तरक्रिया कार्यक्रममा भाग लिन बिनम्र अनुरोध

लण्डन

राष्ट्रिय आविष्कार केन्द्रका संयोजक डा. महाबिर पुन बेलायतमा छन् । भ्रमणको सम्पूर्ण योजना कुलबहादुर राईले गरेका छन् भने यो भ्रमणको मुख्य उदेश्य राष्ट्रिय अाविष्कार केन्द्र किन नेपाल र नेपालीहरुका लागि अावश्यक छ र यसलाई कसरी स्थापना गर्न सकिन्छ भन्ने बारेमा अन्तरक्रिया कार्यक्रम गर्नु रहेको छ । डाक्टरले यो कार्यक्रम पैसा मात्र उठाउनको लागी गर्न खोजिएको कार्यक्रम नभएर यो अभियानमा बुद्धीको दान,आर्थिक दान (एक पटकको लागी मात्र) र समयको दानको लागि अनुरोध गरेका छन् ।
यसै अवसरमा बेलायत कै ठुलो सस्था मगर संघ युकेले शुक्रवार 27 Oct को दिनमा साँझ ६ बजे देखि १० बजे सम्म च्यारिटी एवं डा. महाबिर पुन संग राष्ट्रिय आविष्कार केन्द्रको बारेमा अन्तरक्रिया कार्यक्रम राखेको छ । यो कार्यक्रममा बेलायत स्थित ८ वटा संघ सस्थाहरुले सहकार्य गर्ने निश्चित भएको छ भने अरु इच्छुक कैयो संघ सस्थालाई एकता बद्धत्ताको लागि अनुरोध गरिएको छ । 
मगर संघ युकेका केन्द्रिय उपाधक्ष्य सीता पुनको संयोजकमा हुने प्रोग्राममा अन्तरक्रिया कार्यक्रम पछि सहभागीहरुको मनोरन्जनका लागि अन्त्यमा केहि सास्कृतिक प्रस्तुति पनि देखाइने छ । विभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय पुरुस्कारवाट पुरुस्कृत नेपालका प्रतिष्ठित सामजिक अभियन्ता डा. महाबिर पुनको कार्यक्रम अल्डरसर्ट स्थित एम्पायर हलमा हुने छ । हाम्रो देश नेपाललाई माया गर्नु हुने बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई राष्ट्रिय आविष्कार केन्द्रको बारेमा अन्तरक्रिया कार्यक्रममा भाग लिएर तपाई हरुको समयको दान दिनु हुन् सम्पूर्ण दानबीर हरुलाई हार्दिक अनुरोध छ ।

Upcomming Events

  • Charity Dinner Night
    Empire , The Kings Centre,Aldershot
    on 27-10-2017
  • MAUK QUARTERLY MEETING 2017
    Quarterly meeting @ Magar Bhawan, Farnborough, UK
    on 17-12-2017
  • Maghe Sakranti Celebration
    Own Town by all Branch
    on 13-01-2018
  • Magar Diwas Meeting
    Magar Bhawan, Farnborough
    on 20-01-2018
  • Magar Diwas 2018
    Rivermead Leisure Complex , Richfield Avenue, Reading, RG1 8EQ
    on 24-02-2018

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions