डा. महाबिर पुन बेलायतमा

डा. महाबिर पुन बेलायतमा

लण्डन

चिम्खोले काईला बेलायत /
 
राष्ट्रिय आविष्कार केन्द्रका संयोजक डा. महाबिर पुन बेलायत गत बिहिवार बेलुकी लण्डनको हेथ्रो बिमानस्थलमा उत्रिएका छन / उनी बेलायत आउनुको मुख्य कारण नेपालमा राष्ट्रिय आविष्कार केन्द्र निर्माण गर्न किन जरुरि छ र यसको उद्धेश्य के हो ? भनेर बेलायतबासी नेपाली जनतालाई सूचना प्रबाह गर्नुको साथै सरसल्लाह तथा यदि चित्त बुझेमा र इच्छा लाग्छ भने बुद्धिको दान, आर्थिक दान तथा समय  दानको लागि अनुरोध गर्न बेलायत आउनु परेको बताएका छन  / उनको बसाइ बेलायतमा ठिक एक महिनाको हुने छ / डा. महाबिर पुन नोभेम्बरको ६ तारिकमा नेपाल फर्कने छन / 
 
आज सुक्रवार बेजिङस्टोक नेपाली कमुनितिले पहिलो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ / कार्यक्रममा उनि बेलायत आउनको कारण र उद्धेश्यको बारेमा  प्रष्ट पारे पछि प्रश्न कर्ताहरुको जिज्ञासालाई सटिक र चित्त बुझ्दो उत्तर दिएका छन / बेजिङस्टोक नेपाली कमुनितिका अध्यक्ष तिलविक्रम साम्बाहाम्फेले डा. पुनलाई खडा लगाएर स्वागत गरेका थिय भने क्या. पंचबिर राइले कार्यक्रम संचालन गरेका थिय / 
 
कार्यक्रमको अन्त्यमा हिमालायन ब्याटमिन्टन कलबका सचिब तथा डा. पुनको बेलायत भ्रमणका प्रमुख संयोजक कुल राइले डा. पुन राष्ट्रको सम्पति हुन यदि कुनै ब्याक्तिगत तथा संघसंस्थाले उनिसंग उक्त राष्ट्रिय आविष्कार केन्द्रको बिषयमा अन्तरक्रिया कार्यक्रम राख्ने इच्छा भए उनलाई सम्पर्क गर्न आग्रह गरेका छन /

Upcomming Events

  • Magar Diwas 2018
    Rivermead Leisure Complex , Richfield Avenue, Reading, RG1 8EQ
    on 24-02-2018

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions