एनआरएनए युकेमा निर्वाचितलाई मगर संघको सम्मान

एनआरएनए युकेमा निर्वाचितलाई मगर संघको सम्मान

लण्डन

लालबहादुर पुन

एनआरएन युकेको हालै सम्पन्न अधिवेसनबाट निर्वाचित नयाँ कार्यसमितिका मगर पदाधिकारी तथा सदस्यहरुलाई मगर संघ युकेले सम्मान गरेको छ ।
आइतबार मगर भवन फार्नब्रोमा आयोजित कार्यक्रममा मगर संघ युकेका अध्यक्ष नेम थापामगर, सल्लाहकार र शाखाका प्रतिनिधिहरुले उनीहरुलाई फेटा लगाई सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष प्रेम गाहा, डा. प्रेम आले, युवा संयोजक कुमार थापा, प्रवक्ता रमेश सराङकोटी, सदस्यहरु डेविन्द्र थापा, गङ्गा राना र मुकेश राना तथा अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य शान्ति थापा कुँवर रहेका छन् ।
अध्यक्ष थापामगरको अध्यक्षता र महासचिव लालबहादुर पुनको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सीता पुनले गरेकी थिइन् । नवनिर्वाचित पदाधिकारीहरुको तर्फबाट मन्तब्य दिँदै अध्यक्ष फगामीले एनआरएन युकेलाई बढीभन्दा बढी नेपालीलाई समेट्ने संस्था बनाउन पहल गर्ने बताए ।
कार्यक्रमको दोस्रो चरणमा म्यागासेसे पुरस्कार विजेता महावीर पुनको आसन्न बेलायत भ्रमण र राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग जुटाउने बारे छलफल भएको थियो । सो क्रममा पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष दधि आचार्य, पुन समाजका अध्यक्ष एक पुन लगायतले सुझाव राखेका थिए भने च्यारिटी डिनर सङ्योजक सीता पुन र मगर सङ्घ युकेका अध्यक्ष नेम थापाले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
मगर संघ युकेले युकेका विभिन्न संस्थाहरुसितको सहयोगमा यही अक्टोबर २७ शुक्रबार एम्पाएर हल अल्डरसटमा एक च्यारिटी डिनरको आयोजना गर्दैछ ।

Upcomming Events

  • MAUK QUARTERLY MEETING 2017
    Quarterly meeting @ Magar Bhawan, Farnborough, UK
    on 17-12-2017
  • Maghe Sakranti Celebration
    Own Town by all Branch
    on 13-01-2018
  • Magar Diwas Meeting
    Magar Bhawan, Farnborough
    on 20-01-2018
  • Magar Diwas 2018
    Rivermead Leisure Complex , Richfield Avenue, Reading, RG1 8EQ
    on 24-02-2018

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions