मगर संघ युकेद्वारा पत्रकारहरुलाई स्वागत

मगर संघ युकेद्वारा पत्रकारहरुलाई स्वागत

लण्डन

अल्डरसट । मगर संघ युकेले नेपालबाट आएका पत्रकारहरुलाई स्वागत गरेको छ । उनीहरुलाई गत आइतबार फार्नबोरोस्थित मगर भवनमा स्वागत गरेको हो । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतको दोस्रो अधिवेशनका लागि बेलायत आएका फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, सचिव मनोज घर्तीमगर, सल्लाहकार गणेश राई, फोनिज कास्कीका पूर्वअध्यक्ष हुम गुरुङ र मेजन पुनलाई मगर संघ युकेका अध्यक्ष नेम थापाले खादा लगाई स्वागत गरेका थिए । सो अवसरमा अध्यक्ष नेम थापाले समाज परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका रहेको बताए । सो अवसरमा मगर संघका युकेका कोषाध्यक्ष नेत्र आले, पत्रकार नरेश खपाङ्गी, प्रमिला राई, पूर्ण गुरुङ र पञ्च पुन लगायतको उपस्थिति रहेको थियो ।

Upcomming Events

  • Charity Dinner Night
    Empire , The Kings Centre,Aldershot
    on 27-10-2017
  • MAUK QUARTERLY MEETING 2017
    Quarterly meeting @ Magar Bhawan, Farnborough, UK
    on 17-12-2017
  • Maghe Sakranti Celebration
    Own Town by all Branch
    on 13-01-2018
  • Magar Diwas Meeting
    Magar Bhawan, Farnborough
    on 20-01-2018
  • Magar Diwas 2018
    Rivermead Leisure Complex , Richfield Avenue, Reading, RG1 8EQ
    on 24-02-2018

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions