एनआरएनए युकेको चुनावलक्षित मंगर संघको रणनीति

एनआरएनए युकेको चुनावलक्षित मंगर संघको रणनीति

लण्डन

लन्डन । मगर भवन फानबोरोमा शनिबार मगर संघ बेलायतका सल्लाहकार कृष्णकुमार आले मगरलाई स्वागत तथा विभिन्न विषयमा छलफल सम्पन्न भएको छ ।

बेलायत मगर संघका अध्यक्ष नेम थापा मगर, भूपू अध्यक्ष दुत पुन वरिष्ठ उपाध्यक्ष योगकुमार फगामी तथा अन्य पदाधिकारी, सदस्यहरुको समेत उपस्थिति रहेको थियो । मगर मास्टर डिग्री तथा अक्षय कोष, गोर्खा बुङ्कोटस्थित प्रथम सहिद लखन थापा मगर स्कुलको जग्गा खरिद, मगरात संघर्ष समितिबारे छलफल भएको विशेष बैठक मेजर प्रेम आले मगरले सञ्चालन गरेका थिए । बैठकका एजेन्डाबारे कृष्णकुमार आले मगरले जानकारी गराएपश्चात् दुत पुन, बोम सुर्यवंशी मगर, नेत्र आले तथा अन्य सहभागीहरुले समेत प्रतिक्रिया जनाएका थिए ।

बैठकमा अब हुन गइरहेको एनआरएनको अधिवेशन र वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीको एनआरएन अध्यक्ष पदको उम्मेदवारसम्बन्धी पनि छलफल तथा यसको लागि सदस्यता कसरी बढी बनाउने भन्ने सम्बन्धी पनि छलफल भएको थियो ।

यसपटक प्राप्त अवसरलाई मगर संघले विशेष रुपमा हेरेको सबै शाखाहरुमा समेत सदस्यता बनाउनेसम्बन्धी आह्वान भइसकेको साथै अझ यसलाई मूर्तरुप दिन मगर भवन अब सदस्यता बनाउनको लागि सधैं खोल्नु भन्ने निर्णय गरिएको छ ।

Upcomming Events

  • ANNUAL GENERAL MEETING (AGM)
    Magar bhawan @ 11:00 to 18:00
    on 08-04-2017
  • NOC 2017 - After Event Meeting
    Nepali Open Concert 2017 washup meeting @ Magar Bhawan, Farnborough, UK
    on 02-07-2017
  • QUARTERLY MAGAR CENTRAL YOUTH MEETING
    MYCUK Quarterly meeting @ MAGAR BHAWAN, FARNBOROUGH
    on 02-07-2017
  • MAUK QUARTERLY MEETING 2017
    Quarterly meeting @ Magar Bhawan, Farnborough, UK
    on 05-08-2017

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions