मगर संघ युकेद्वारा नेपाली ओपन कन्सर्टको समीक्षा, मृगौलापीडित लक्ष्मी रानामगरको उपचारमा सहयोग गर्ने निर्णय

मगर संघ युकेद्वारा नेपाली ओपन कन्सर्टको समीक्षा, मृगौलापीडित लक्ष्मी रानामगरको उपचारमा सहयोग गर्ने निर्णय

लण्डन

गत आइतबार ०२ जुलाईको दिन बेलायतको फानबोरोस्थित मगर संघ युकेको भवनमा गत ०३ जुनमा सम्पन्न नेपाली ओपन कन्सर्टको समीक्षात्मक बैठक सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा संस्थाका महासचिब लालबहादुर पुनले अध्यक्ष नेम थापाको अनुमति लिएर बैठकलाई अगाडि बढाएका थिए भने संस्थाको कोषाध्यक्ष नेत्र आलेले आय–व्ययको विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा मगर संघ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टको सफल पक्ष र असफल पक्षको विषयमा बृहत् छलफल तथा व्यापक समीक्षा गर्नुको साथै कार्यक्रममा भएको गल्ती कमीकमजोरीबाट पाठ सिकेर निकट भविष्यमा हुने कार्यक्रमहरुमा सुधार गर्दै जाने निर्णय भएको छ । कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष योगकुमार फगामी, सांस्कृतिक सचिव तुलचन्द्र तिलिजा र वेम्ब्ली शाखाका सांस्कृतिक सचिव सरु रानाको सल्लाह र सुझावलाई विशेष प्राथमिकता दिइएको थियो ।

नेपाली ओपन कन्सर्टका लागि आमन्त्रण गरिएकी टेरिया फौजा मगर तथा उनका आमा र दिदीलाई लजिङ् फुडिङको बन्दोबस्त गर्नुको साथै उनको लन्डन बसाइ भरी विशेष जिम्मेवारी वहन गरिदिएकोमा अध्यक्ष नेम थापाले श्रीमती सरु रानालाई हार्दिक धन्यवादसहित मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा मगर संघ युकेद्वारा प्रकशित कानुङ लाङ्घा, मगरात क्याम्पिङ्ग, नेपाली मेला, युथ कार्यक्रम, इन्टरनल अडिट, संस्थापक महिला, वेबसाइट, विधान संशोधनलगायत थुप्रै विषयहरुमा व्यापक छलफल गरी महत्वपूर्ण निर्णयहरु गर्नुको साथै भावी कार्यक्रमहरुमा लागू गर्ने निर्णय गरेका छन् ।

बैठकले आउँदै गरेको गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको महाधिवेशनमा अध्यक्ष पदको लागि दाबेदार मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष योग फगामी र सल्लाहकार शान्ति थापा मगरलाई महाधिवेशनमा सक्दो सहयोग गर्ने निर्णय गरिएको छ भने दुवै जनालाई एकापसमा सम्झौता गरी अगाडि बढ्ने सल्लाह दिइएको छ ।

त्यस्तै, किड्नीपीडित लक्ष्मी रानामगरलाई उपचारको लागि मगर संघ युकेले सहयोग गर्ने पनि सो बैठकले निर्णय गरेको छ । मगर संघ युकेका कार्यसमितिहरु, पूर्वअध्यक्षहरु, ट्रस्टीहरु, सल्लाहकारहरु, शाखा समितिका अध्यक्षहरु र अन्य सदस्यहरुको बाक्लो उपस्थिति रहेको बैठकलाई मगर संघ युकेका अध्यक्ष नेम थापाको अध्यक्षता गरेका थिए भने महासचिव लालबहादुर पुनले सञ्चालन गरेका थिए ।

Upcomming Events

  • ANNUAL GENERAL MEETING (AGM)
    Magar bhawan @ 11:00 to 18:00
    on 08-04-2017
  • NOC 2017 - After Event Meeting
    Nepali Open Concert 2017 washup meeting @ Magar Bhawan, Farnborough, UK
    on 02-07-2017
  • QUARTERLY MAGAR CENTRAL YOUTH MEETING
    MYCUK Quarterly meeting @ MAGAR BHAWAN, FARNBOROUGH
    on 02-07-2017
  • MAUK QUARTERLY MEETING 2017
    Quarterly meeting @ Magar Bhawan, Farnborough, UK
    on 05-08-2017

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions