मगर संघ युकेद्वारा कलाकारहरुको बिदाई

मगर संघ युकेद्वारा कलाकारहरुको बिदाई

लण्डन

एटा सम्वाददाता -

अल्डरसट । मगर संघ युकेले नेपाली ओपनमा कन्सर्टमा आएका कलाकारहरुलाई एक कार्यक्रमबीच बिदाई गरेको छ ।

गत शनिबार अल्डरसटस्थित दि प्यालेस रेस्टुरेन्टमा नेपालबाट आएका चर्चित डान्सर टेरिया मगर, गायक गगन पुन, राजु ढकाल र जमुना रानालाई मगर संघ युकेका अध्यक्ष नेम थापा, वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक योगकुमार फगामी, उपाध्यक्ष अनिता राना, सीता पुन, महासचिव लालबहादुर पुन, कोषाध्यक्ष नेत्र आले, संघका पूर्वअध्यक्ष दुत पुन, संरक्षक घन थापा तथा कृष्ण थापा, नेपाल मगर संघ युरोप अमेरिकाका संयोजक शान्ति थापा, मगर महिला संघ युकेका अध्यक्ष छविमाया पुन, मगर संघ युके युएचएसबी शाखा अध्यक्ष लेख रानालगायत संघका सल्लाहकार र कार्यसमितिका पदाधिकारीहरुले खादा लगाई बिदाई गरेका थिए ।

कार्यक्रममा चर्चित डान्सर टेरिया फौजामगरलगायत कलाकारहरुले ओपन कन्सर्टमा निमन्त्रणा गरेकोमा आयोजक मगर संघ युकेप्रति आभारसहित धन्यवाद दिएका थिए ।

अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई महासचिव लाल पुनले सञ्चालन गरेका थिए ।

Upcomming Events

  • Magar Diwas 2018
    Rivermead Leisure Complex , Richfield Avenue, Reading, RG1 8EQ
    on 24-02-2018

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions