भव्य प्रस्तुतिबीच सकियो ओपन कन्सर्ट

भव्य प्रस्तुतिबीच सकियो ओपन कन्सर्ट

लण्डन

लिलामान शेरपुञ्जा -

फार्नबोरो । मगर संघ युकेले गत शनिबार फार्नबोरो फुटबल मैदानमा आयोजना गरेको बृहत् ओपन कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल बेलायतको सम्बन्ध स्थापित भएको दुई सय वर्षको अवसरमा नेपाली दूतावासमा सप्ताहव्यापी कार्यक्रम गरी, नेपालको पर्यटन व्यवसायमा प्रत्यक्ष सहयोग पु¥याएका बेलायतका लागि नेपाली राजदूत महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदी, मगर संघ युकेका अध्यक्ष नेम थापा मगर, राजनीतिज्ञ लियो दोस्त्री, काउन्सिलर मेयर सोफिया चौधरी, धन थापा र हरि बुढाद्वारा दीप प्रज्वलित गरी उद्घाटन गरिएको कन्सर्टमा बेलायतभरिका करिब चार हजार दर्शक उपस्थित थिए । गत महिना बेलायतको मेनचेस्टरमा आतंकवादीहरुद्वारा मारिएका २२ जना युवा बेलायतीको सम्झनामा एक मिनेट मौनधारण तथा बेलायत नेपालको राष्ट्रिय धुन बजाएर सुरुआत गरिएको कन्सर्टमा मगर संघ युकेका महासचिव लाल पुनले सम्पूर्ण आगन्तुक अतिथिजनहरुलाई आशनग्रहण गराएका थिए । आशनग्रहण गराएपछि महासचिव पुनले संघको तर्फबाट स्वागत मन्तव्य दिन मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीलाई मञ्चमा बोलाएका थिए । वरिष्ठ उपाध्यक्ष योग फगामी एनआरएनए युकेका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

सन् २००७ मा सोही स्थलमा गायक राजु परियार, सिर्जना विरही थापा तथा पपगायक मिक्मा शेर्पाले आफ्नो प्रस्तुति दिएपछि संघले यो स्थल प्राप्त गर्न सकेको थिएन । तर, संजोग भनौं नेपाल भारतका चर्चित डान्सर टेरिया फौजामगर, जमुना राना, राजु ढकाल, जानकी तरामी तथा गगन पुनले यो रमणीय मञ्च उपयोग गर्न पाए । दुर्भाग्य भनौ अर्का चर्चित गायक कुमार पुन बेलायत आएकै दिन नेपालमा आप्mनो पिता स्वर्गवास भएको खबरले कन्सर्टकै दिन नेपाल फर्कन परेको थियो । गुल्मेली नौमती बाजासहित प्रमुख अतिथि तथा अतिथिजनलाई मञ्चसम्म ल्याउँदा एनआरएनए अध्यक्ष मुछेत्र गुरुङ, मगर संघ युकेका निवर्तमान अध्यक्ष दुत पुन, भूतपूर्व अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापा, संस्थापक अध्यक्ष थर्क राना, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीलगायत विभिन्न संस्थाका अध्यक्ष तथा समाजसेवकहरु थिए ।

कन्सर्ट सफल पार्न आर्थिक सहयोग गर्ने समाजसेवक, पत्रकार, विभिन्न शाखाका पदाधिकारीहरु, मगर महिला संघ, युवा मगर संघका प्रतिनिधिहरुको चिनारी गराएपछि राजदूत डा. दुर्गाबहादुर सुवेदी, लियो दोस्त्री, सोफिया चौधरी आदिले शुभकामना मन्तव्य दिएका थिए । सांस्कृतिक सचिव तुलचन्द्र तिलिजा तथा सदस्यहरु याम थापा, टेनिशा राना, दिनेश रोकाले उद्घोषकको भूमिका निर्वाह गर्दै अतिथि कलाकार तथा स्थानीय कलाकारहरुको परिचयसहित गायन समय हस्तान्तरण गराएका थिए ।

अत्यधिक चर्चा पाएकी टेरिया मगरको एकल तथा सामूहिक नाच दर्शकहरुको अब्बल दृश्य बन्यो भने लोकगायक गगन, जमुना, राजु, जानकी र मनसुधनको मनछुने गीतहरु अविस्मरणीय रह्यो । स्थानीय कलाकार क्या. वीरबहादुर थापाको गीत र क्रमशः सविता राना, पवित्र थापा, दिनेश रोका, सविर दर्लामी, इस्ने थापा, रिमा थापा, सञ्जय लाफा, ओसीयन राना, दिया लिम्बू, अलिजा बिके समीक्षा राना, बुद्धि सारु, सविना घले, सुमित्रा थापा, मेलिना थापा, तेजिङ्ग रानाको नाच प्रशंसनीय रह्यो ।

कार्यक्रममा मगर संघ युकेको मुखपत्र कानुन लाङ्घाको (वर्ष १२, अंक १२ २०१७) विमोचनसहित उपाध्यक्ष बम सूर्यवंशीलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्तिममा अहिलेसम्मकै बृहत् कन्सर्ट बन्न सफल कार्यसमिति अध्यक्ष नेम थापाले सबै पाहुनाजनलाई धन्यवादसहित कन्सर्टको सफलताको ठूलो योगदान दिने कोषाध्यक्ष नेत्र आले, सहकोषाध्यक्ष होम रोका, शाखाका पदाधिकारी, मगर महिला संघ, मगर युवा संघ, सेक्युरिटी समूह, कार्यक्रमस्थलमा स्टल राखी शोभा बढाईदिने महानुभाव तथा आमा समूहलगायत सम्पूर्ण चन्ददाताहलाई प्रशंसा पत्रसहित धन्यवादको मीठो शब्दले आप्mनो खुसी व्यक्त गरेका थिए ।

कन्सर्टको रमणीय दृश्य र दिनभर खुल्ला आकाशको बीचमा बेलायतभरिबाट आएका दर्शक अत्यन्तै खुसी सुखी देखिन्थे भने मगर संघको उज्ज्वल भविष्य देख्ने र आन्तरिक कामकाजमा खटिरहने मगर अगुवाहरुबाट यही कन्सर्ट हलमा १० वर्ष अगाडि सम्मान गरिएका ३२ जना मगर मेडिकल डाक्टरहरुलाई सम्मान गरिएको सम्झना अरुलाई बाँड्ने अवसर पाए । संघको सांस्कृतिक सचिव सोम राना, अनिता रानापछि तुलचन्द्र तिलिजाले जिम्मा लिएका छन् ।

स्मरणीय के छ भने यो कन्सर्टमा नेपालका ख्यातीप्राप्त कलाकारहरु खड्क गर्बुजा, मिना गर्बुजा, मिलन लामा, ज्ञानु राना, कृष्ण थापा, बिरमा रोका, राजु परियार, सिर्जना विरही थापा, जगदीश समाल, सुमन बुढा, रीता थापा, रामजी खाँड, मुना थापा, निमा रुम्बा, दिपसागर थापा, प्रसाद खप्तडी, जुना श्रीसा, विरु लामा, इन्दिरा जोशी, टिका पुन, मनसुधन थापा आदिले कन्सर्ट भरिसकेछन् ।

विदेशमा बसेर पनि आप्mनो मौलिक संस्कृति जोगाई राख्ने र भगावन गौतम बुद्ध नेपालमा जन्मिएका हुन् र लुम्बिनी बुद्धको नामले चर्चित छ भन्ने सन्देश विश्वभरी छर्ने उद्देश्यले मगर संघले वर्षेनी कन्सर्ट गर्दै आएको छ । संघले सन् २००३ बाट बुद्ध ओपन कन्सर्टको नामले बुद्धकै जन्मदिन पारेर यो कार्यक्रम गर्दै आएको छ ।

Upcomming Events

  • MAUK QUARTERLY MEETING 2017
    Quarterly meeting @ Magar Bhawan, Farnborough, UK
    on 17-12-2017
  • Maghe Sakranti Celebration
    Own Town by all Branch
    on 13-01-2018
  • Magar Diwas Meeting
    Magar Bhawan, Farnborough
    on 20-01-2018
  • Magar Diwas 2018
    Rivermead Leisure Complex , Richfield Avenue, Reading, RG1 8EQ
    on 24-02-2018

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions